एमाले कोशीको समानुपातिक उम्मेदवार छनोट प्रक्रियाप्रति कार्यकर्ताको असन्तुष्टि

विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश कमिटीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरूको नाम टुंगो लगाएको छ । प्रदेश कमिटीको पदाधिकारी र सचिवालय बैठकले १०१ जना आकांक्षीहरूको नाम केन्द्रमा सिफारिस गरेको हो ।

प्रदेश कमिटीले सिफारिस गरेको सूचीको पहिलो नम्बरमा पार्टीका पूर्वउपाध्यक्ष गुरु बरालको नाम छ । मोरङ जिल्ला कमिटीले पठाएका १६ जनाको सूचीका आधारमा प्रदेशले बराल र रोमनाथ ओलीसहितको नाम केन्द्रमा पठाएको प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।

बौद्धिक नेताको छवि बनाएका बराललाई जिल्लाले नै समानुपातिकतर्फ सिफारिस गरेको थियो । उम्मेदवार सिफारिसको विषयलाई लिएर एमालेभित्र आन्तरिक विवाद र असन्तुष्टि देखिएको छ । सिफारिस प्रक्रिया पारदर्शी नभएको र बन्द कोठाभित्र गोप्य ढंगले नाम छानिएको भन्दै नेता–कार्यकर्ताहरूले विरोध जनाएका छन् ।

एमाले जिल्ला कमिटी सदस्य मुकेश बुढाथोकीले सार्वजनिक रूपमै आपत्ति जनाएका छन् । आम कार्यकर्ताको भावना र योगदानलाई बेवास्ता गरी गरिएको उल्लेख गर्दै उनले यो छनोट प्रक्रिया एक प्रकारको छल र अन्याय हो ।

पार्टीको यो निर्णयले तल्लो तहका कार्यकर्ताको अधिकार खोसिएको आरोप समेत उनको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖