इलाममा बससंग मोटरसाइकल ठोक्किएर दुर्घटना, एक जना घाइते
इलाम । इलाम बजारमा आज बिहान भएको दुर्घटनाबाट एक जना घाइते भएका छन ।
बससंग मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार इलाम नगरपालिका १० गोदकका ३० वर्षका बिष्णु मगर घाइते भएका छन ।
उनको टाउको र खुट्टामा चोट लागेको इलाम अस्पतालले जानकारी दिएको छ । उनको इलाममा उपचार सम्भव नभए पछि झापा तर्फ थप उपचारमा पठाइएको छ ।
इलाम बजारबाट धोबिधारा तर्फ जादै गरेको बा प्र ०८ ००१ख ०००७ नम्बरको बस र इलाम बजारतर्फ आउदै गरेको मे १० प २९६५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।
बस र बसका चालक एबम मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।


