बेलबारीको धार्मिक बनमा रहेको बस्नेत कुल मन्दिरमा चोरी
मोरंग । मोरङको बेलबारी-३ स्थित धार्मिक बनमा रहेको खप्तडी बस्नेत बन्धु कुल मन्दिरमा चोरी भएको छ ।
मन्दिर भित्र रहेको ठुलो घन्टी ३ थान , सानो घन्टी र दियो लगभग १५० केजि चोरी भएको छ ।
पुस ११ गते शुक्रबार राति चोरी भएको हो ।


