उज्यालो नेपाल पार्टी ताप्लेजुङको संयोजकमा प्रदीप मादेन चयन

ताप्लेजुङ, पुस १२ गते । उज्यालो नेपाल पार्टी ताप्लेजुङको संयोजकमा प्रदीप मादेन ९नानी० चयन हुनुभएको छ । शनिबार गठित जिल्ला समितिको संयोजकमा मादेन चयन हुनुभएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ संरक्षक रहेको पार्टीले ताप्लेजुङमा पनि आफ्ना सङ्गठन विस्तार गरेको पार्टीको केन्द्रीय सदस्य डा। महेन्द्र लावतीले जानकारी दिनुभयो । उहाँका अनुसार समिति विस्तारसँगै पार्टीले युवा तथा महिला परिचालनका लागि सम्पर्क व्यक्तिहरू पनि तोकेको छ ।

जसमा सरगम शेर्पा, लिला पालुङ्वा, लाजरस लिम्बू र नरकुमार नाल्बोलाई जिम्मेवारी दिइएको उज्यालो नेपाल पार्टीले जनाएको छ। नवनियुक्त संयोजक मादेन यसअघि डा. लावती नै अध्यक्ष रहेको पहिचानवादी मोर्चाका जिल्ला संयोजकका रूपमा क्रियाशील रहनुभएको थियो ।-रेडियो काबेली

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖