मादक पदार्थ सेवन गरेका वकिलद्धारा इलाम अस्पतालमा तोडफोड

इलाम । मादक पदार्थ सेवन गरेका एक जना वकिलले इलाम अस्पतालमा तोडफोड गरेको घटना सार्वजनिक भएको छ। तोडफोड गर्ने वकिल युवराज लिम्बु रहेका छन् । कर्मचारी मिलन केन्द्रको पिकनिक खाएर फर्किने क्रममा दुर्घटनामा परेपछि लिम्बुको मुखमा चोट लागेको थियो।

उपचारका लागि इलाम अस्पतालको इमरजेन्सी कक्षमा ल्याइए पनि डाक्टर उपचारका लागि आउन ढिला भएको भन्दै आक्रोशित बनेका उनले इमरजेन्सी कक्षको सिसा फोडेको इलाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रभु शाहले जानकारी दिए । घटनाका क्रममा इमरजेन्सी कक्षमा उपचाररत एक जना बच्चालाई समेत फुटेको सिसाले लागेको अस्पतालका कर्मचारी पशुपति चौधरीले जानकारी दिए।

सिसा फुट्दा इमरजेन्सी कक्षमा क्षति पुगेको र केही समय सेवा अवरुद्ध भएको अस्पताल स्रोतले जनाएको छ। घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।-स्रोत :नीलोपाटी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖