सुमना श्रेष्ठ बालेन नेतृत्वको टिमबाट रास्वपामा समाहित हुंदै

काठमाडौ । जेनजी आन्दोलनलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी पूर्वमन्त्री सुमना श्रेष्ठ पुनः सोही पार्टीमा फर्किने तयारीमा रहेकी छन्। यसपटक उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नेतृत्वको टिमबाट रास्वपामा समाहित हुन लागेकी हुन्।

पार्टीभित्र एक व्यक्तिको अत्यधिक देवात्वकरण गरिएको, फरक मत राख्नेलाई असहज वातावरण सिर्जना गरिएको तथा आफूमाथि अनावश्यक ‘मिडिया ट्रायल’ भएको आरोप लगाउँदै सुमना श्रेष्ठले गत भदौ २९ गते रास्वपा परित्यागको घोषणा गरेकी थिइन्। पार्टी छोडेपछि उनी वैकल्पिक राजनीतिक शक्ति निर्माणको पक्षमा उभिँदै ऊर्जा मन्त्री कुलमान घिसिङ, जेन–जी अभियन्ता सुदन गुरुङ र मेयर बालेन शाहसँग निरन्तर संवादमा रहेकी थिइन्।

हालै रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन शाहबीच एकता सहमति भएपछि सुमना श्रेष्ठ पनि उक्त राजनीतिक समीकरणमा समाहित हुन लागेकी हुन्। स्रोतका अनुसार बालेनको टिमबाट उनलाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारका रूपमा सिफारिस गर्ने तयारी भइरहेको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार सुमना श्रेष्ठको पुनरागमनले रास्वपाभित्र देखिएको आन्तरिक असन्तुष्टि व्यवस्थापन गर्ने प्रयासका रूपमा अर्थ्याइएको छ। बालेन–रवि सहमतिपछि पार्टीलाई फराकिलो बनाउँदै नयाँ र पुराना असन्तुष्ट पात्रहरूलाई समेट्ने रणनीतिअन्तर्गत सुमनाको पुनः प्रवेशलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

सुमना श्रेष्ठ यसअघि रास्वपाभित्र नीतिगत बहस, समावेशी नेतृत्व र आन्तरिक लोकतन्त्रको वकालत गर्ने नेतृका रूपमा परिचित थिइन्। उनको पुनरागमनले पार्टीको वैचारिक बहस पुनः सक्रिय हुने अपेक्षा गरिएको छ भने आगामी निर्वाचनमा बालेन–रवि गठबन्धनलाई थप बल पुग्ने अनुमान गरिएको छ।

यद्यपि, सुमनाको फिर्तीले पार्टीभित्र विगतका विवाद र असन्तुष्टिहरू समाधान हुन्छन् वा फेरि नयाँ बहस जन्मिन्छ भन्ने विषय आगामी दिनमा स्पष्ट हुँदै जानेछ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।