झापामा खेल्ने क्रममा पानीमा डुबेर तीन वर्षीय बालकको मृत्यु
झापा । झापा गाउँपालिका–२, सडकबारीमा बसोबास गर्ने दिनेश कडेलका तीन वर्षीय छोरा दिवांश कडेलको पानीमा डुबेर मृत्यु भएको छ।
आज दिउँसो करिब १४:२५ बजेको समयमा खेल्ने क्रममा दिवांश आफ्नै घर अगाडि रहेको पानी जमेको खाल्डोमा डुबेर गम्भीर घाइते भएका थिए। तत्काल उपचारका लागि उनलाई बिर्तासिट्टी अस्पताल, बिर्तामोड लगिएको थियो।
अस्पतालमा उपचारकै क्रममा चिकित्सकले दिउँसो १५:२२ बजेको समयमा बालकलाई मृत घोषणा गरेका हुन्। हाल दिवांश कडेलको शव सोही अस्पतालमा राखिएको छ।
घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको सम्बन्धित निकायले जनाएको छ।


