भदौ २३-२४ को घटना जेनजी आन्दोलन होइन,घुसपैठ र षडयन्त्रको परिणाम :लेखक

काठमाडौ । जेन–जी आन्दोलनको क्रममा गृहमन्त्री रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएका घटनालाई फरक ढंगले बुझ्नुपर्ने बताएका छन्। भदौ २३ र २४ गते राजधानीमा भएको हिंसात्मक घटनाबारे गठित जाँचबुझ आयोगलाई लिखित बयान दिँदै लेखकले ती घटनामा घुसपैठ भएको दाबी गरेका हुन्।

आयोगलाई बुझाएको लिखित बयानमा लेखकले जेन–जी युवाहरूको आन्दोलन मूलतः जायज र शान्तिपूर्ण रहेको उल्लेख गरेका छन्। तर, आन्दोलनको आडमा केही घुसपैठिया तत्व प्रवेश गरेर संसद भवन जलाउने प्रयास गरेपछि स्थिति नियन्त्रणबाहिर गएको उनको भनाइ छ। उनले आन्दोलनकारी युवाहरूको भावनालाई गलत दिशामा मोडेर हिंसा भड्काउने योजनाबद्ध प्रयास भएको संकेत गरेका छन्।

पूर्वगृहमन्त्री लेखकका अनुसार भदौ २४ गतेको घटना सामान्य प्रदर्शन नभई आपराधिक विध्वंस र नियोजित षड्यन्त्रको रूपमा देखिएको छ। उनले उक्त दिनको घटनालाई राज्य व्यवस्था अस्थिर बनाउने प्रयासका रूपमा व्याख्या गर्दै यसलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्।

लेखकले जाँचबुझ आयोगसमक्ष आफूले घटनाको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री पदबाट राजीनामा दिएको कुरा पनि स्मरण गराएका छन्। उनले राजनीतिक जिम्मेवारी वहन गर्नु आफ्नो कर्तव्य ठानेर राजीनामा दिएको बताएका छन्। “घटना दुःखद थियो, त्यसको जिम्मेवारीबाट म भाग्न चाहिनँ,” उनले बयानमा उल्लेख गरेका छन्।

उनले शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक बनाउन खोज्ने तत्वहरूको पहिचान गरी निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिएका छन्। साथै, आन्दोलनका नाममा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीलाई कुनै पनि हालतमा जायज ठहर गर्न नहुने उनको धारणा छ।

जाँचबुझ आयोगले पूर्वगृहमन्त्री लेखकसहित सम्बन्धित राजनीतिक नेतृत्व, सुरक्षा निकाय र आन्दोलनसँग सम्बन्धित व्यक्तिहरूको बयान संकलन गरिरहेको छ। आयोगको प्रतिवेदनले भदौ २३ र २४ का घटनाको वास्तविकता सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖