विराटनगर महानगरको आयोजनामा पशु जैविक सुरक्षा प्रवद्र्धनबारे एकदिने गोष्ठी

विराटनगर । पशुपालन क्षेत्रको दिगो विकास र रोग नियन्त्रणलाई केन्द्रमा राख्दै विराटनगर महानगरपालिकाले पशु जैविक सुरक्षा (बायोसेक्युरिटी)सम्बन्धी एकदिने अन्तरक्रिया गोष्ठी आयोजना गरेको छ ।

महानगरको कृषि तथा पशुपंक्षी शाखाको आयोजनामा विराटनगर–१९ मा सम्पन्न गोष्ठीमा बाख्रा, गाईलगायत चौपायामा रोग सर्न नदिन अपनाउनुपर्ने जैविक सुरक्षाका उपायबारे छलफल गरिएको हो ।

कार्यक्रममा महानगरपालिकाको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले पशुपालक कृषकका लागि यस्ता गोष्ठी व्यवहारिक र उपयोगी हुने बताए । उनले जैविक सुरक्षा अपनाउँदा पशुमा रोगको जोखिम घट्ने, उत्पादन लागत कम हुने र आम्दानी बढ्ने भएकाले कृषकले दैनिक अभ्यासमा उतार्नुपर्नेमा जोड दिए ।

आर्थिक विकास महाशाखाका प्रमुख प्रतीक गड्तौलाले महानगरले कृषक लक्षित तालिम, प्रविधि हस्तान्तरण तथा उन्नत जातका बिउ–विजन वितरण गर्दै आएको जानकारी दिए । उनका अनुसार पशुपालनलाई व्यवसायिक बनाउने उद्देश्यले महानगरले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछ ।

कृषि तथा पशुपंक्षी शाखाका संयोजक हीरालाल यादवले कार्यक्रमको उद्देश्यबारे स्पष्ट पार्दै जैविक सुरक्षा पशु स्वास्थ्य मात्र नभई सार्वजनिक स्वास्थ्यसँग पनि प्रत्यक्ष रूपमा जोडिएको विषय भएको उल्लेख गरे ।

पशु सेवा विज्ञ केन्द्र विराटनगरका प्रमुख डा. अजयकुमार साहले प्रस्तुत गरेको कार्यपत्रमा फार्ममा सरसफाइ, बाह्य व्यक्तिको नियन्त्रण, खोप तथा नियमित स्वास्थ्य परीक्षणजस्ता जैविक सुरक्षाका उपाय अपनाउँदा पशुजन्य रोगको जोखिम उल्लेख्य रूपमा घट्ने बताइएको थियो ।

गोष्ठीमा ५० जना पशुपालक कृषकको सहभागिता रहेको थियो । सहभागी कृषकहरूले जैविक सुरक्षासम्बन्धी ज्ञानले पशुपालनलाई सुरक्षित र नाफामूलक बनाउन सहयोग पुग्ने प्रतिक्रिया दिएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖