पाँचथरमा सुन लुट्ने अभियुक्त धनमाया सेलिङ पक्राउ

पांचथर । पाँचथरको याङवरक गाउँपालिका–५ की धनमाया सेलिङले सुन लुट्ने उद्देश्यले एक महिलाको ह*त्या प्रयास गरेको घटना सार्वजनिक भएको छ। पीडित महिला याङवरक गाउँपालिका–६ मुकुबुङ निवासी बिष्णुमाया रसाइली रहेको जनाइएको छ।

स्थानीयका अनुसार धनमाया सेलिङ दिउँसो करिब २ बजे ‘बामफोक अर्जाबी दिनु’ भन्दै रसाइलीको घरमा पुगेकी थिइन्। त्यसपछि जङ्गलमा ‘कालेजको बच्चा छ’ भनी झुक्याएर लगि पेटिकोट च्यातेर सिरुको डोरी बनाई रसाइलीको घाँटी कसेर हत्या प्रयास गरिएको हो। सो क्रममा अभियुक्तले कानको मडवाडी एक तोला, बुलाकी आधा तोला र नाकको फुली लगायतका सुनका गरगहना लुटेर फरार भएको बताइएको छ।

हत्या प्रयासपछि घाइते अवस्थामा जंगलमै छोडिएकी रसाइली करिब दुई घण्टापछि होसमा आएकी थिइन्। त्यसपछि आफन्तको सम्पर्कमा आएपछि घटना सार्वजनिक भएको याङवरक गाउँपालिका उपाध्यक्ष बाबा मेन्याङबोले जानकारी दिनुभयो। पीडितको स्वास्थ्य अवस्था गम्भीर रहेपछि हिजै बिएमसी, बिर्तामोडमा उपचारका लागि पठाइएको छ।

घटनापछि फरार रहेकी अभियुक्त धनमाया सेलिङलाई नेपाल प्रहरीको सक्रियतामा आज बिहान करिब ९ बजे नेपाल–भारत (सिक्किम) सीमा क्षेत्रअन्तर्गत पाँचथरको फालेलुङ र भारततर्फ पर्ने चित्रे फेदी नजिकबाट पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ। पक्राउ परेकी अभियुक्तलाई लुटिएका गरगहना सहित पाँचथर जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी भइरहेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖