विराटनगरमा स्कुटर दुर्घटना, भारतीय नागरिकको मृत्यु

विराटनगर । विराटनगरमा मंगलबार राति स्कुटर दुर्घटना हुँदा १ जना भारतीय नागरिकको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको स्कुटर दुर्घटनामा परेर अर्का भारतीय नागरिक घाइते भएका छन् ।

कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–१४ स्थित देउराली होटलअगाडि बीआर ३८ एम ११७८ नम्बरको स्कुटर आफैं अनियन्त्रित भएर राति १०ः२० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

विराटनगरबाट जोगवनीतर्फ जाँदै गरेको स्कुटर दुर्घटना हुँदा चालक भारत अररिया छोटी मस्जिद बस्ने २५ वर्षीय मोहमद राजाको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए ।

उनका अनुसार दुर्घटनामा स्कुटर चालक राजा र पछाडि सवार अररिया छोटी मस्जिद बस्ने २० वर्षीय मोहमद इमरान गम्भीर घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारका लागि कोशी अस्पताल पठाइएको थियो ।
अस्पताल पुर्याउनसाथ राजालाई चिकित्सकले मृत घोषित गरिदिएको जानकारी इन्स्पेक्टर न्यौपानेले दिए ।

घाइते अवस्थाका इमरानको उपचार जारी छ । स्कुटर इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा छ ।

इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ । स्कुटरको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।