मोरङको सुन्दरहरैचाबाट लागूऔषध ब्राउन सुगर सहित तीन जना पक्राउ
मोरङ,१७ पुष । मोरङको सुन्दरहरैचाबाट लागूऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं. ६ बस्ने वर्ष २९ को आशिस चौधरी र ललितपुरको महालक्ष्मी नपा १३ लुबु बस्ने वर्ष २९ को शुसान्त कटवाल रहेका छन् ।
हिजो सांझ मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं. ६ फिमरा स्थितमा लागूऔषधको कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी गछियाबाट खटिई गएको प्रहरी टोलीले चेक जाँच गर्दा निजहरुको साथबाट खैरो हिरोइन जस्तो देखिने पदार्थ ३.३४ ग्राम, नाइटोजन ट्याब्लेट १६ (सोह्र) पिस र ला.औ. नाप्ने डिजिटल काटा थान -१ (एक) र सुन्दरहरैचा नपा ५ खोक्सी बस्ने बर्ष ३२ रबिन मोदी थारुको साथबाट खैरो हिरोइन जस्तो देखिने पदार्थ ७९ मिलिग्राम सहित बरामद गरी तीन जनालाई नियन्त्रणमा लिईएको सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय, बेलबारीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।


