ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान थप

ताप्लेजुङ, पुस १७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान थप भएको छ । सातामा दुई दिनमात्र उडान भइरहेको सुकेटार एयरपोर्टमा पुनः एक दिन तालिका थप भएको हो ।

नेपाल वायु सेवा निमग कार्यालय ताप्लेजुङका स्टेसन इन्चार्ज नारायण कुमार कार्कीका अनुसार आगामी सातादेखि काठमाडौँ–ताप्लेजुङ–काठमाडौँका लागि बुधबार समेत उडान हुने गरी नयाँ तालिका प्राप्त भएको छ । यसअघि सातामा दुई वटा मात्र उडान हुँदै आइरहेको थियो । अब साताको सोमबार, बुधबार र शुक्रबार गरी तीन पटक उडान हुने भएको छ ।

यात्रुको चापलाई मध्यनजर गर्दै उडान तालिका थप गरिएको कार्यालयले जनाएको छ । केन्द्रीय कार्यालयबाट जनवरी महिना भरिका लागि बुधबार समेत उडान हुने गरी तालिका प्राप्त भएको इञ्चार्ज कार्कीको भनाइ छ । विगतका वर्षहरुमा विराटनगर–ताप्लेजुङ–विराटनगर समेत उडान हुने गरेको थियो । हाल यो उडानका लागि भने कुनै निर्णय भइनसकेको कार्यालयले जनाएको छ ।

ताप्लेजुङबाट काठमाडौँसम्मका लागि हाल नौ हजार ४०३ रुपियाँ भाडा दर तोकिएको कार्यालयले जनाएको छ ।-रेडियो काबेली

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖