धनकुटामा पनि आयो रु. १ सयमै अंग्रेजी पढ्न पाउने बिद्यालय

धनकुटा खबर, बैशाख ३ । मासिक शुल्क रु १ सयमा नर्सरी देखि एमबिबिएस तह सम्म पढाई हुने समता बिद्यालयको ५१ औ शाखा बिद्यालय धनकुटामा पनि सन्चालनमा आउने भएको छ ।
बैसाख १० गते देखि बिद्यालय सन्चालनमा ल्याउन बिद्यालयले प्रारम्भिक ४ वटा कक्षका लागि ३ सय बिद्यार्थीको लागि भर्ना खुलाएको छ ।
अंग्रजी माध्यमबाट शिक्षण सेवा दिने यस बिद्यालयले नर्सरी,एल–केजी,यू–केजी र कक्षा १ सम्मका लागि अध्यापन शुरु गर्ने बिद्यालयका निर्देशक दिपक सन्जेलले बताए ।
बिद्यालयले पुनः कुनै कक्षामा शुल्क नलिने गरी रु १ सय ५० रुपैंया भर्ना शुल्क र सबै तहमा मासिक १ सय शुल्क लिएर सेवा दिने उक्त बिद्यालयले १० जनालाई रोजगारी दिने सन्जेलले जानकारी दिए ।
न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा दिने उदेश्यले सन् २००१ बाट समता एजुकेशन फाउण्डेसन काठमाण्डौद्वारा सन्चालित यस बिद्यालयमा हाल देशभरीका ४० हजार भन्दा बढी बिद्यार्थीहरु अध्ययनरत रहेको संस्थाले जानकारी दिएको छ ।
काठमाण्डौमा एमबिबिएस तह र अन्य शाखाहरुबाट प्लस टू सम्म सन्चालित यस बिद्यालय सन्चालनमा बरिष्ठ पत्रकार सबिन्द्र मिश्र हास्य कलाकार द्वय मदन कृष्ण श्रेष्ठ,हरिबंश आचार्य,एनआरएन संस्थापक बिजय कुमार पाण्डे र शिक्षा प्रेमी उत्तम सन्जेल लगाएताको सकृयता रहेको छ ।

