एमाले कार्यकर्तालाई माओवादी कार्यकर्ताले घरेलु हतियार प्रहार गरेर यसरी मरनासन्न बनाए
बनेपा, बैशाख ३० । नेकपा एमाले बेथाञ्चोक गाउँपालिका उपाध्यक्ष उन्नती केसीको घरबाट निस्कँदै गर्दा शुक्रबार राति एमालेका कार्यकर्ता हर्क तामाङमाथी नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले हतियार सहित आक्रमण गरेका छन् । उनीहरुको आक्रमणमापरि गम्भिर घाईते भएका तामाङको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ ।
वाईसिएल कार्यकर्ताहरु १५ जनाको समुहमा आएका थिए । केहीलाई प्रहरीले पक्राउ गरेको छ । केहि फरार छन् । वाईसिएल कार्यकर्ता मदन तामाङ, झलक तामाङ सहितले एक्कासी हर्कलाई घरेलु हतियार निकालेर आक्रमण गरेको बुझिएको प्रहरीले जनाएको छ ।
उनिहरु मोटरसाईकलमा आएका थिए । हर्क तामाङ सहित एमालेका कार्यकर्ताहरु उपाध्यक्ष उन्नती केसीको घरमा सल्लाह गरी निस्कँदै गर्दा वाईसिएल कार्यकर्ताहरुले आक्रमण गरेका थिए ।
प्रहरीले आक्रमण गरी फरार भएका वाईसिएल कार्यकर्ताहरुलाई गोल्माकोटबाट पक्राउ गरेको छ । केहि मोटरसाईकल सहित फरार छन् । बेथाञ्चोक ५ भंगाला मदनबासमा उक्त घटना भएको थियो ।


