रामेछापमा पनि माओवादी कार्यकर्ता एमाले माथी जाईलागे

रामेछाप, बैशाख ३० । रामेछापको दोरम्बा गाउँपालिका ४ गौश्वारामापनि नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकताबीच झडप भएको छ । झडपमा ६ जना माओवादी कार्यकर्ता घाइते भएका छन् । दोरम्बा गाउँपालिकाको गौश्वारको खारपानीमा दुई पक्षबीच झडप हुँदा माओवादी केन्द्रका ६ जना कार्यकर्ता घाइते भएको प्रहरी प्रमुख प्रहरी नावय उपरिक्षक कमोद ढुँगेलले जानकारी दिए ।

घाइते मध्ये तुलबहादुर थापा, हिराबहादुर थापा र जितबहादुर थापामगर गम्भीर छन् । सो झडपमा देवीमाया थापामगर, हेमबहादु थापामगर, लोकबहादुर थापामगर पनि घाइते भएका छन् । घाइतेहरुलाई शनिबार बिहानै हेलिकोप्टर मार्फत उपचारको लागि काठमाडौं पठाइएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले एमालेका होमबहादुर थापामगर, दिपबहादुर थापामगर र बेयवबहादुर थापामगरलाई पक्राउ गरेको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय टोकरपुमा राखिएको छ ।

शुक्रबार राति नै मन्थली नगरपालिका(११ गेलुमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको छ ।

मन्थली नगरपालिका(६ भलुवाजोरबाट पनि आचारसंहिता विपरित काम गरेको भन्दै प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ ।

रामेछापको रामेछाप नगरपालिकाको गोठगाउँमा पनि काँग्रेस माओवादी र एमालेकाबीचमा विबाद भएको छ ।

विवादमा संलग्न भएको आरोपमा प्रहरीले रामेछाप नगरपालिका १ का एमालेका वडा अध्यक्षका उम्मेदवार नरबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएकोमा शनिबार विहान छाडिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।