दोलखाको जफेमा एमाले कार्यकर्तामाथि आक्रमण गरी कांग्रेसले बुथ कब्जा गर्यो

दोलखा, ३१ वैशाख । दोलखास्थित तामाकोशी गाउँपालिकाको भन्नेचौरको मतदान केन्द्र तनावग्रस्त बनेको छ । दालखोकै जफेमा कांग्रेसले तीन वटा बुथ कब्जा गरेको छ ।

भाला, खुकुरी र खुडा लिएर एमाले कार्यकर्तालाई लखेट्न थालेपछि एमालेका प्रमुखका उम्मेदवार ईश्वरचन्द्र पोखरेलसहितको टोली मतदान केन्द्रबाट भागेका छन् । साविकको झुले गाविसमा जम्मा भएका दुई सयको संख्याका एमाले कार्यकर्तालाई मतदानस्थलमा जान दिइएको छैन ।

कांग्रेस कार्यकर्ताले मतदान केन्द्र पूरै घेरेका छन् । एमालेविरुद्ध ढुंगामुढा भइरहेको छ । सेना र प्रहरीको छेउमा बसेर कांग्रेसका कार्यकर्ताले एमाले कार्यकर्तामाथि ढुंगा वर्षार्इरहेका छन् । त्यहाँबाट एक एमाले कार्यकर्ताले आफुहरुलाई खुकुरी तेस्र्याए पनि सुरक्षाकर्मीहरु मूकदर्शक भएर बसेका बताए।

सुरक्षाकर्मी नै कांग्रेसलाई भोट हाल्ने हो भने भित्र जानुस्, नभए फर्कनुस् भन्दै मतदाताहरुलाई फर्काईरहेका छन् । एमालेका कार्यकर्ता र सूर्यमा मत हाल्ने मतदाताहरु मतदान केन्द्र भन्दा १५ मिनेट टाढा माथि रोकिएका छन्। त्यहाँ मान्छेलाई आतंकित बनाइएको छ । तल मतदान केन्द्रसम्म जाने स्थिति छैन । एमाले बाहुल्य तीन वटा वडाका ६ सयभन्दा बढी मान्छेलाई तल मतदान केन्द्रमा जानै दिइएको छैन ।

घाइते एमाले कार्यकर्ताको जिल्ला स्वास्थ्य चौकी, दोलखा, झुलेमा उपचार भइरहेको छ । तीन जना गम्भीर घाइते छन् । टाउकोमा चोट लागेको छ भने धेरैको खुट्टा भाँचिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।