काठमाडौँका कुन नगरपालिकामा कुन दल अघि ?

काठमाडौँ जिल्लाका चार नगरपालिकामा एमाले र तीन वटामा कांग्रेसले अग्रस्थान लिएका छन्। स्थानीय तह निर्वाचन मतगणनामा काठमाडौँका दक्षिणकाली,शंखरापुर, नागार्जुन र किर्तिपुरमा एमालेले अग्रस्थान लिएका छन्। त्यस्तै टोखा, कागेश्वरी र चन्द्रागिरि नगरपालिकामा कांग्रेस अघि छ।

दक्षिणकालीमा एमालेले २७१, कांग्रेसले १३० र माओवादी उम्मेदवारले ६९ मत पाएका छन्।

शंखरापुरमा ३ सय ७३ मत पाउँदै एमाले अघि छ भने २ सय ६२ मत ल्याएर माओवादीले दोस्रोस्थान लिएको छ। यो नगरपालिकामा कांग्रेस तेस्रो नम्बरमा छ। उसले अहिलेसम्म १७१ मत ल्याएको छ।

किर्तिपुरमा पनि एमाले अघि छ। एमालले यहाँ ५ सय ७७ मत र कांग्रेसले ४ सय ५७ मत ल्याएर दोस्रोस्थानमा छ।

नागार्जुन नगरपालिकामा पनि एमाले अघि छ। यहाँ अहिलेसम्म १ सय ४४ ल्याएर एमाले अघि छ भने कांग्रेस १ सय २६ ल्याएर दोस्रोमा छ। यहाँ नयाँ शक्ति तेस्रो स्थानमा आइपुगेको छ। ८६ मत ल्याएर बाबुराम भट्टराइको नयाँशक्तिले तेस्रो स्थान हात पारेको हो।

टोखामा भने कांग्रेसले अग्रता लिएको छ। ४ सय ३९ मत ल्याएर कांग्रेस अघि छ एमाले दोस्रोस्थानमा ४ सय २८ मत ल्याएर बसेको छ भने माओवादीको १ सय १३ मत आएको छ।
कागेश्वरीमा कांग्रेसले ३७२, एमालेले २१५ र माओवादीले १४४ मत पाएका छन्।

चन्द्रागिरिमा पनि ४ सय ६६ मत ल्याएर कांग्रेस अघि छ। यहाँ माओवादीले २ सय ८१ ल्याएर दोस्रो र एमालेले २ सय १५ ल्याएर तेस्रो भएका छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।