प्रम. प्रचण्ड पुत्रीको महानगरमा सर्वदलीय बैठकमा चर्काचर्की, मतगणना अनिश्चित

चितवन । सर्वदलीय बैठकमा चर्काचर्की परेपछि माओवादी अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहाल मेयर पदमा उम्मेदवार रहेको चितवनको भरतपुर महानगरपालिकामा मतगणना अनिश्चित भएको छ ।

मतगणनाको तयारीका लागि बसेको सर्वदलीय बैठकमा दलहरुबीच विवाद भएपछि मतगणना अनिश्चित बनेको हो ।

दुई घण्टादेखि बसिरहेको सर्वदलीय बैठकमा दलहरुबीच विवाद भएपछि कुनै निश्कर्ष निस्कन सकेको छैन ।

यहाँ मेयर पदमा प्रचण्डपुत्री रेणुलाई कांग्रेसले समर्थन गर्ने र उपमेयरमा कांग्रेसलाई माओवादीले समर्थन गर्ने गरी चुनावी समीकरण बनेको थियो ।

प्रचण्डपुत्रीको उम्मेदवारी र दुई ध्रुवीकृत दलबीचको चुनावी समीकरणका कारण यहाँको निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।