मनाङमा एमाले विजयी
मनाङ, १ जेठ । चामे गाउँपालिकाको अध्यक्षमा नेकपा ९एमाले०का लोकेन्द्रबहादुर घले २१४ मत ल्याई विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गर्नुभएको छ । सो गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसका मुनिन्द्रजङ गुरुङले १६९ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी किटनीदेवी गुरुङले १६० मत प्राप्त गर्नुभयो ।
यस्तै नेच्याङ गाउँपालिकाको अध्यक्षमा नेकपा ९एमाले०का कान्छा घले ६२७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विनोद गुरुङले ४६१ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेका मेङ्खु गुरुङले ६११ मत प्राप्त गरी विजयी हुनुभयो भने काँग्रेसका छिरिङ अङ्गमा गुरुङ घलेले ५०५ मत प्राप्त गर्नुभयो ।
यसैगरी नासङ गाउँपालिकाको अध्यक्षमा काँग्रेसका चन्द्र घले ५८४ मतसहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका मनबहादुर गुरुङले ४८५ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा काँग्रेसकी कमलमाया गुरुङ ५४६ मत ल्याई विजयी हुनुभयो भने नेकपा ९माओवादी केन्द्र०का वेदबहादुर गुरुङले ४६४ मत प्राप्त गर्नुभयो । रासस


