गोठीचौर गाउँपालिकामा माओवादी विजयी

जुम्ला, १ जेठ । गोठीचौर गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का हरिबहादुर भण्डारी विजयी हुनु भएको छ ।

भण्डारी प्रदेश नं ६ अन्तर्गत सम्पन्न निर्वाचनमा विजयी हुने पहिलो अध्यक्ष हुनुहुन्छ । भण्डारीले खसेको तीन हजार ९६६ मतमध्ये एक हजार ५९६ मत ल्याएर विजयी हुनु भएको निर्वाचन अधिकृत मोहनसागर बस्यालले जानकारी दिनुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का क्षेत्रबहादुर भण्डारीले एक हजार ४६७ मत ल्याएर पराजित हुनुभयो ।

त्यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै जानुदेवी ऐडीले एक हजार ५८६ मत ल्याएर विजयी हुनु भएको छ । उपाध्यक्षमा उहाँका प्रतिद्वन्द्वी धनरुपा बुढाले एक हजार ३६५ मत ल्याउनु भएको थियो ।

गोठीचौर १, २ र ३ को वडा अध्यक्षमा क्रमशः नेकपा (एमाले)का गणेश ऐडी, पृथ्वीबहादुर बुढा, प्रेमबहादुर बुढाले विजय हात पार्नु भएको छ । त्यसैगरी, ४ र ५ नं वडाको वडाध्यक्षमा माओवादी केन्द्रका जगप्रसाद जैसी र चन्द्रबहादुर नेपालीले जित हासिल गर्नु भएको निर्वाचन अधिकृत बस्यालले बताउनुभयो । उक्त गाउँपालिकामा कुल जम्मा चार हजार ८२३ मतदाता सङ्ख्या थियो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖