भरतपुर महानगरपालिका: एमालेले निकाल्यो विजय जुलुस

भरतपुर, ३ जेठ । चार वटा महानगरपालिकामा मतगणना जारी भए पनि यतिबेला सबैको ध्यान भरतपुर महानगरपालिकाले खिचेको छ । खासगरि, मेयरको उम्मेदवार बनेकी प्रधानमन्त्रीकी पुत्री रेणु दाहाललाई जिताउन काँग्रेस र माओवादीबीच गठबन्धन बनेदेखि नै यहाँ धेरैले चासोको रुपमा हेरेका छन् । माओवादी र काँग्रेसको गठबन्धन छ भने नेकपा एमाले, राप्रपा लगायतका अन्य दलहरु चुनावी मैदानमा होमिएका छन् ।

काँग्रेस र माओवादीको गठबन्धन भए पनि एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली फराकिलो मत अन्तरले अगाडि छन् । वडा नम्बर दुईको मत गन्दासम्म देवी ज्ञवालीले ३८७० मत पाएका छन् । माओवादी केन्द्रकी मेयर पदकी उम्मेदवार रेणु दाहालले १४ सय मतले पछाडि छिन् । उनले २४६१ मत पाएकी छन् ।

उपमेयरमा पनि एमालेको अग्रता कायमै छ । उपमेयरमा एमालेकी दीब्या शर्माले ३३१३ र कांग्रेसकी पार्वती शाहले २९७१ मत पाएकी छन् ।

एमालेले भर्खरै दुई नम्बर वडाको वडाअध्यक्ष जितेको छ । वडा नम्बर दुईका एमालेका अध्यक्षका उम्मेदवार पूर्णबहादुर श्रेष्ठ ५७२ मत बढी ल्याएर विजयी भए । उनले १९२६ मत ल्याए भने काँग्रेसका उम्मेदवारले १३५४ मत पाए । विजयी सुरुवात गरेपछि एमालेले भरतपुरमा विजय जुलुस निकालेको छ । जुलुसमा नेकपा एमालेका नेताहरु पनि सहभागी भए ।

यसअघि वडा नम्बर एकमा काँग्रेसका उम्मेदवार अध्यक्षमा निर्वाचित भएका थिए । उनले गठबन्धनका कारण आफ्नो भोट पाएर वडाअध्यक्ष जिते पनि मेयरको उम्मेदवारलाई भने अन्तरघात गरेको माओवादी केन्द्रको आरोप छ । काँग्रेस कार्यकर्ताले जुलुस निकाले पनि गठबन्धनमै रहेको माओवादी जुलुसमा सहभागी भएन । काँग्रेसले अन्तरघात गरेका कारण रेणु १४ सय भन्दा बढी भोटले पछाडि परेको भन्दै माओवादी र काँग्रेसबीच भरतपुरमा खटपट सुरु भएको छ । दैनिक नेपाल बाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।