एमालेको पछि-पछि कांग्रेस !, यस्तो आयो २४९ स्थानीय तहको नतिजा…

काठमाडौं । स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । शुक्रबार राती ९ः४५ बजेसम्म २४९ स्थानीय तहको नतिजा आइसकेको छ।

जसअनुसार नेकपा एमाले १०३ स्थानीय तहमा जित्दै पहिलो स्थानमा रहेको छ भने नेपाली कांग्रेस ९६ स्थानीय तहमा जित्दै दोस्रो स्थानमा रहेको छ ।

यस्तै नेकपा माओवादी केन्द्रले ४५ स्थानमा जित हात पार्दा संसदको चौथो ठूलो दल राप्रपा भने एक स्थानमै खुम्चिन पुगेको छ ।

यता नयाँ शक्तिले १ स्थानमा जित हात पार्दा स्वतन्त्र उम्मेदवारले तीन स्थानीय तहमा जित हात पारेका छन् ।

आइतबार २८३ स्थानीय तहको लागि पहिलो चरणको निर्वाचन भएको थियो । सरकारले प्रदेश नम्बर ३,४ र ६ मा ३४ जिल्लामा स्थानीय तहको निर्वाचन गराएको हो । बाँकी ४ प्रदेशमा भने जेठ ३१ गते निर्वाचन हुनेछ ।

दलगत नतिजा : नेकपा एमालेः १०३, नेपाली कांग्रेसः ९६, माओवादी केन्द्रः ४५, राप्रपाः १, नयाँ शक्तिः १, अन्यः ३



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।