कामपामा ४५ हजार मत गनिसक्दा एमाले नै अगाडि, यस्तो छ ताजा अपडेट…
काठमाडौं, जेठ ६ । काठमाडौं महानगरपालिकाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेको अग्रता फराकिलो बनाउँदै लगेको छ।
४५ हजार मत गनिसक्दा नेकपा एमालेका विद्या सुन्दर शाक्यले १८ हजार १ सय ५५ मत पाएका छन् भने नेपाली कांग्रेसका राजुराज जोशीले १२ हजार ३ सय ३३ मत पाएका छन्। त्यस्तै तेस्रो स्थानमा रहेकी विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले ६६१५ मत पाएकी छन्। यस्तै साझा पार्टीका किशोर थापाले ४९४३ मत ल्याएर चौथो स्थानमा छन्।
त्यस्तै पोखरा महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेद्वार मानबहादुर जिसीले १८ हजार ६ सय १७ मत ल्याएका छन्। नेपाली कांग्रेसका उम्मेद्वार रामजी कुँवरले १६ हजार ९ सय ७५ मत लाएका छन्। यस्तै उपमेयरमा पनि एमालेको अग्रता छ।
एमालेकी मञ्जुदेवी गुरूङले १८ हजार ८ सय १८ मत ल्याउँदा नेपाली कांग्रेसकी सरस्वती गुरूङले १७ हजार ३ सय ५२ मत ल्याएकी छन्।


