भक्तपुरको सूर्यविनायक ८ मा एमाको वडा अध्यक्षसहित समूह नै विजयी

भक्तपुर, ६ जेठ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा नेकपा (एमाले)को वडा अध्यक्षसहित समूह नै विजयी भएको छ ।

वडा अध्यक्षमा किरण थापाले एक हजार ५४८ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी विनोद भट्टराईले ६९१ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी महिला सदस्य तारा बस्नेत, दलित महिला सदस्यमा शान्ता विक, सदस्यमा अजय तामाङ र धर्मराज बस्नेत विजयी हुनुभएको छ ।

सूर्यविनायक नगरपालिकामा आज १ बजेसम्म प्रमुखमा एमालेका वासु थापाले नौ हजार ३८१ र उपप्रमुखमा एमालेकै जुना बस्नेतले १० हजार ३३४ मतले अग्रता लिनुभएको छ ।

प्रमुख तथा उपप्रमुखमा नेपाली काँग्रेसका क्रमशः विष्णुराज कार्कीले नौ हजार १०० र कल्पना राजथलाले सात हजार ८१२ मत प्राप्त गरेका छन् । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।