कामनपाको मत परिणाम : यस्तो छ ताजा अपडेट…
काठमाडौं, जेठ ६ । मुलुकको राजधानी रहेको काठमाडौ महानगरपालिकामा अब नेकपा एमालेका उम्मेद्वारले फराकिलो मत अन्तर कायम गरेका छन् । उनले ६ हजारको मत अन्तर कायम गर्दै अग्र स्थानमा पुगेका हुन् ।
काठमाडौं महानगरपालिकाको मेयरको पछिल्लो मतपरिणाम अपडेट अनुसार एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य, एमालेः १९१९२ मत् प्राप्त गरि शाक्य सबै भन्दा अघि छन् ।
त्यस्तै उनलाई पछ्याउने क्रममा कांग्रेसका उम्मेदवार राजुराज जोशी, कांग्रेसः १३२९९ दोश्रो स्थानमा छन् भने उनको पछि तेश्रो स्थानमा विवेकशीलकी रन्जु दर्शना ७५६१ ल्याउदै कांग्रेसलाइ पछ्याउने क्रममा छन् ।
त्यस्तै साझा पार्टीका किशोर थापा, साझाः ५६७७ पनि माओवादी र नयां शक्तिलाई फराकिलो मतले उछिन्दै चौथो स्थान मा रहेका छन् । पाँचौं स्थानमा माओवादी केन्द्रका सर्वोत्तम ढंगोल छन् । उनले २ हजार २ ३७ मत पाएका छन् ।


