ललितपुर महानगरको मतगणनामा पनि भाँडभैलो, चलखेल गरी काँग्रेसको भोट बढाएको भन्दै एमालेद्धारा बहिष्कार

ललितपुर, ९ जेठ । भरतपुर र पोखरा महानगरपछि ललितपुर महानगरपालिकाको जारी मतगणनालाई लिएर पनि विवाद सिर्जना भएको छ । मतगणना पारदर्शी नभएको भन्दै एमालेले मतगणनास्थलबाट बाहिरिएको छ । मतगणनामा चलखेल गरी काँग्रेसको भोट बढाइरहेको अवस्थामा भेटिएका कर्मचारीलाई समेत भगाएर ढाकछोप गरेको, वडा नम्बर ९, ४ र २२ लगायतको पुनः मतगणना गर्न गरिएको माग अस्वीकार गरिएको लगायतका विषयमा विरोध जनाउँदै एमालेले मतगणना बहिष्कार गरेको हो ।

नेकपा एमालेले निर्वाचन आयोगमा लिखित पत्र बुझाएर बहिष्कार गरिएको एमालेका मेयरका उम्मेदवार एवं ललितपुरका अध्यक्ष हरिकृष्ण ब्यन्जनकारले जानकारी दिए । एमालेले पटकपटक निर्वाचन अधिकृतलाई मतगणनामा भएका कमजोरीका बारेमा जानकारी गराउँदा पनि काँग्रेसको दबाबमा निरन्तर पेलिएपछि बहिष्कार गर्न बाध्य भएको एमाले ललितपुरका प्रचार विभाग प्रमुख अमृत तिमिल्सिनाले जानकारी दिए । ललितपुर महानगरपालिकाको मतगणना सकिनै लाग्दा काँग्रेस र एमालेबीच चर्को प्रतिस्पर्धा देखिएको छ ।

नेपाली काँग्रेसका मेयरका उम्मेदवार चिरबाबु महर्जन एमालेका हरिकृष्ण व्यन्जनकार भन्दा २ सय ३ मतले मात्र अगाडि छन् । काँग्रेसका महर्जनले २३ हजार ५ सय ३९ मतका साथ अग्रता लिइरहेका छन् भने एमालेका ब्यञ्जनकारले २३ हजार ३ सय ३६ मतका साथ पछ्याइरहेका छन् । उपमेयरमा काँग्रेसकी गीता सत्याल अगाडिको जित पक्कापक्की भएको छ । उनले १८ हजार ५ सय ८७ मत पाएकी छिन् । दोस्रो स्थानमा रहेकी साझा पार्टीकी शोभा शाक्यले १३ हजार २ सय ७४ मत पाएकी छिन् ।२५ वडाको परिणाम आइसकेको छ अब चार वटा वडाको मात्र मतगणना बाँकी छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।