प्रधानमन्त्री ‘प्रचण्ड’ संसदमा सम्बोधन गर्दै (हेर्नुहोस् लाईभ भिडियो)

अझै सुरु भएन संसद् बैठक

अझै सुरु भएन संसद् बैठकः
काठमाडौँ, ९ जेठ । व्यवस्थापिका–संसद्को बैठक एकपछि अर्का गर्दै सरेको छ । आज बिहान ११ बजेका लागि तय गरिएको बैठक १३ बजे हुँदै अपराह्न १५ बजेका लागि सरेको थियो ।

प्रमुख दलबीच संसद् चलाउने विषयमा सहमति हुन नसकेपछि संसद् सचिवालयले एकपछि अर्को गर्दै बैठक सरेको छ । सचिवालयले पुनः १७ः०० अगाडि सूचना प्रकाशित गर्दै बैठक सरेको जानकारी दिएको छ ।

संसद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बर्खे अधिवेशनका रुपमा सोमबारदेखि सुरु भएको बैठकको आजको कार्यसूचीमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७४÷७५ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने भन्ने रहेको छ ।

स्थानीय तहको सङ्ख्या वृद्धिको विषयमा असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बैठक अवरोध गर्ने जनाएको छ । दलहरुबीच सहमति जुटाएर संसद् सञ्चालन गर्ने विषयमा संसद् भवन नयाँबानेश्वरमा दलहरुबीच छलफल भए पनि हालसम्म कुनै निष्कर्ष निस्कन गरेको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले व्यवस्थापिका–संसदमा सम्बोधन गर्दैछन् । प्रधानमन्त्री दाहालको सम्बोधन हेर्न तलको लाईभ भिडियोमा क्लिक गर्नुहोस् :

https://youtu.be/fv-PVqcIeJw



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।