बिदेशि भुमीमा पसिना बगाएर देशको मुख्य अर्थतन्त्र धानिरहेका युवाहरुका लागि के गर्यो ‘प्रचण्ड’ नेतृत्व सरकारले ?
परराष्ट्र सम्वन्ध र वैदशिक रोजगार सम्बन्धी ‘प्रचण्ड’ नेतृत्व सरकारले गरेका महत्वपूर्ण काम र प्रमुख उपलब्धिहरु ।
गत श्रावण २० गते पुष्प कमल दाहाल ‘प्रचण्ड’ नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो । संविधानको स्वीकार्यता फराकिलो बनाएर प्रभावकारी कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पूनर्निर्माण र नवनिर्माण, सुशासन र प्रभावकारी जनसेवामार्फत् आर्थिक समृद्धि हासिल गर्ने जोखिमपूर्ण अवसर वर्तमान सरकारले प्राप्त गर्यो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जनता र राष्ट्र प्रतिको गम्भीर जिम्मेवारी बोध र क्रियाशीलताका कारण आठ महिनाको छोटै अवधिमा सरकारले देशको विकास र समृद्धिमा गुणात्मक प्रभाव राख्ने उपलब्धि हासिल गरेको छ । जनताको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव राख्ने र परिवर्तनको अनुभूति हुने कामहरु भएका छन् ।
सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूको नेतृत्वको सरकारले घोषणा गरेबमोजिम मुख्य प्राथमिकता क्रममा राख्दै परराष्ट्र सम्वन्ध र वैदशिक रोजगार सम्बन्धमा तपशिलका कामहरु गर्यो:
१) सरकार गठन भएकै दिनदेखि सरकारले वैदेशिक रोजगारमा जाने नेपालीहरुका लागि राज्यबाट प्रदान गरिने सेवा सुविधा प्रभावकारी बनाउन अनलाइनबाट नै निवेदन दिन सकिने व्यवस्था गरी श्रम स्वीकृतिका लागि घण्टौं र कतिपय अवस्थामा रातभर लाइन बस्नुपर्ने अवस्था अन्त्य गरिएको छ ।
२) वैदेशिक रोजगारमा गएका र जानेहरुको सुरक्षाका लागि वैदेशिक रोजगार म्यादी जीवन बीमा सुरुवात गरिएको छ । बीमावापत् विगतमा ७ लाख मात्र पाउने व्यवस्थामा २० लाखसम्म थप गरी २७ लाखसम्म पाउने व्यवस्था गरिएको छ । यसै गरी विदेशमा रहने सबै नेपाली नागरिकको अनिवार्य रुपमा बीमा नवीकरण गर्ने व्यवस्था गरिएको छ । यसबाट वैदेशिक रोजगारमा गएका ५० औं लाख नेपाली लाभान्वित हुनेछन् ।
३) बैदेशिक रोजगारीको क्रममा बिभिन्न अभियोगमा मृत्युदण्ड सुनाइएका, थुनामा रहेका, मुद्धा चलिरहेका, ब्लड मनि तथा जरिवाना तिर्न नसकेर मृत्युको प्रतीक्षा गरिरहेका नागरिकहरुका लागि कुटनीतिक, कानूनी र आर्थिक सहायता सम्बन्धि व्यवस्था गरिएको छ ।
४) बैदेशिक रोजगारमा अलपत्र परेका नेपाली कामदारहरुको समयमा नै उद्दार तथा क्षतिपूर्तिको व्यवस्था गरिएको छ । साथै बैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलूकका कारागारमा रहेका र अलपत्र परेका नेपाली नागरिकहरुको तथ्याङ्क संकलनलाई अद्यावधिक गरी उद्दार र राहतका लागि कुटनीतिक पहल गरिएको छ ।
५) तराई मधेसबाट बैदेशिक रोजगारमा जानेहरुका लागि सहज र सरल रुपमा सेवा प्रदान गर्ने व्यवस्थाका लागि उपत्यका बाहिर पहिलो कार्यालयका रुपमा धनुषा जिल्लाको जनकपुरधाममा बैदेशिक रोजगार कार्यालय स्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
६) राहदानी प्रदान गर्ने व्यवस्थालाई प्रभावकारी बनाइएको छ । खाडी तथा मलेसिया जस्ता मुलुकहरुमा राहदानी बनाउन लाग्ने शुल्क ८० अमेरिकी डलर बाट घटाई ५० डलर बनाइएको छ । यसका साथै राहदानी वितरण प्रणालीमा सुधार गरी लागु गरिएको, जिल्ला र नियोगहरुबाट वितरण हुने राहदानी प्राप्त गर्न लाग्ने समय घटाइएको, राहदानी हराएमा पुलिस रिपोर्ट बनाउनु नपर्ने व्यवस्था गरिएको र राहदानी अभिलेखलाई म्ष्नष्तब िब्चअजष्भखष्लन गर्ने कामको शुरुवात गरिएको छ ।
७) भारत र चीन लगायतका छिमेकी र अन्य मित्र राष्ट्रसँगको सम्बन्धलाई थप सन्तुलित, सुदृढ र मजबूत बनाइएको छ ।
८) नेपाल र स्पेनबीचको कुटनीतिक सम्बन्धलाई व्यवस्थित गर्न र स्पेनमा रहेका नेपालीहरुका समस्या सम्बोधन गर्न स्पेनमा नेपाली दुताबास स्थापनाको आवश्यक प्रकृया शुरु भइसकेको छ ।

