यस्तो छ काठमाडौं र भरतपुरको मत परिणामको पछिल्लो नतिजा…
चितवन, जेठ १२ । भरतपुर महानगरपालिकाको वडा नं. १६ मा वडाध्यक्षसहित सवै पदमा एमालेका उम्मेदवारहरु विजयी भएका छन्। सो वडाको अन्तिम मत परिणाम घोषणा हुँदा मेयर पदमा एमालेका उम्मेदवार देवि ज्ञवालीले बनाएको मतान्तरमा पनि सुधार आएको छ । १६ नम्बर वडाको मत गणना सकिदा ज्ञवाली एक हजार ७३६ मतले अगाडी छन् । वडा नं. १६ काँग्रेसको राम्रो मतआधार भएको ठाउँका रुपमा चिनिन्छ।

मेयर पदमा अहिलेसम्म ज्ञवालीको ३५ हजार ८०९ मत आएको छ । काँग्रेस माओवादी गठबन्धनबाट मेयर पदमा उम्मेदवार रहेकी माओवादीकी रेणु दाहालको ३४ हजार ६७ मत आएको छ। उपमेयरमा गठबन्धनबाट उम्मेद्वार रहेकी नेपाली काँग्रेसकी पार्वती शाहको ३७ हजार ४८४ मत पुगेको छ। एमालेकी दिब्य शर्मा आचार्यको ३२ हजार २९४ मत छ।

त्यस्तै काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्य ५७ हजार ४ सय ७३ मतसहित अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका राजुराज जोशीले ४० हजार २ सय ६१ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा रहेकी विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले २० हजार ८७९ मत प्राप्त गरेकी छन् भने साझा पार्टीका किशोर थापाले १६ हजार १७६ मत प्राप्त गरेका छन् ।


