मधेसविरोधी अडानका कारण राजनीतिक निकास नभएको भन्दै एमालेका २ नेताद्वारा पार्टी त्यागको घोषणा

काठमाडौं । एमालेका दुई प्रभावशाली नेताले पार्टी परित्याग गरेका छन् । एमाले केन्द्रीय सदस्य प्रह्लाद गिरी र पूर्वसभासद एवं पर्सा क्षेत्र नम्बर ४ का अध्यक्ष प्रधुम्न चौहानले सोमबार पार्टी परित्यागको घोषणा गरेका हुन् ।

आजको नयाँ पत्रिकामा खबर छ– वीरगन्जमा सोमबार आयोजित कार्यक्रममा एमालेको मधेसविरोधी अडानका कारण राजनीतिक निकास नभएको र मधेसमा निर्वाचनको अन्योल छाएकाले पार्टीमा बसिरहनु उपयुक्त नठानेको उनीहरुले बताएका छन् ।

‘मधेस आन्दोलनलाई एमालेले उपेक्षा गर्दै आएको छ । मधेसीको भावनामा चोट पु¥याउने काम पटक–पटक भयो,’ उनीहरुले भने । शीर्ष नेताहरु मधेस प्रदेशलाई धोती प्रदेश, मधेसीलाई बिहारी र मधेस आन्दोलनबाट उठेका मागलाई भारतसँग जोडेर बोल्ने गरेको उनीहरुको आरोप छ ।

पार्टीका विभिन्न भेला र बैठकमा मधेस आन्दोलनबाट उठेका माग पूरा गराउन दिएको सुझाव पार्टी पंक्तिले लत्याउँदै आएको उनीहरुको गुनासो छ । केन्द्रीय नेतृत्वमा देखिएको मधेस र मधेसीलाई दास बनाएर राख्ने मनोवृत्ति, शासकीय चाहना र पार्टीका मधेसी नेता तथा कार्यकर्ताको विचारलाई लत्याएर हिँड्ने प्रवृत्तिका कारण एमाले परित्याग गर्न विवश भएको कार्यक्रममा वितरित विज्ञप्तिमा उल्लेख छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖