डुटेर्टेको यस्तो घिनलाग्दो कुरा- ‘सैनिकले तीन महिलाको रेप गरे हुन्छ’

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले बलात्कारमाथि मजाक गरेर आलोचना बटुलेका छन् ।

देशको दक्षिण भागमा मार्शल ल लगाएपछि उनले एक सैन्य शिविरमा सैनिकहरूलाई सम्बोधन गर्दै तीनजनासम्म महिलालाई बलात्कार गर्न सैनिकहरूलाई छुट रहेको बताए ।

राष्ट्रपतिको उम्मेदवार भएदेखि डुटेर्टेले दोस्रोचोटि बलात्कारमाथि हल्का टिप्पणी गरेका छन् ।

एउटा मानवअधिकार संगठनले उनको टिप्पणी घिनलाग्दो भएको प्रतिक्रिया दिएको छ ।

अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनकी छोरी चेल्सी क्लिन्टनले ट्वीट गरेर बलात्कार कहिलेपनि मजाकको विषय बन्न नसक्ने लेखेकी छन् ।

डुटेर्टेले सैनिकहरूलाई भने, ‘तपाईंहरूले तीन महिलाहरूलाई बलात्कार गर्न सक्नुहुन्छ र तपाईंका लागि म जेल गइदिन्छु । म भनिदिन्छु, मैले यो अपराध गरेको हो ।’

मानवअधिकार कार्यकर्ता फेलिम किनले डुटेर्टेको यो टिप्पणी घिनलाग्दो मजाक भएको र मार्शल लको बहानामा अधिकार हननलाई यसले प्रोत्साहन गर्ने बताइन् ।

अघिल्लो वर्ष पनि डुटेर्टेले सन् १९८९ मा एक अस्ट्रेलियाली मिसनरी महिलाको बलात्कार र हत्या भएको विषयमाथि हलुका टिप्पणी गरेका थिए ।

उनको नयाँ विवादास्पद बयानमाथि उनका प्रवक्ताले टिप्पणी गर्दै डुटेर्टेले बहादुरी देखाएको र बर्दीधारी पुरुष र महिलाप्रति पूरा समर्थन देखाएको र हरेक सैन्य कारवाहीको पूरा जिम्मेवारी लिएको बताए । – बीबीसी हिन्दीबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।