भरतपुर घटनाबारे निर्वाचन बुथभित्रै बसेर सुक्ष्म तरिकाले नियालेका प्रतिनिधिहरुले सार्वजनिक गरे यस्तो डरलाग्दो तथ्य !

निकै नै चासो पूर्वक हेरिएको भरतपुरको मतगणना स्थलमा मतपत्र च्यातिएको र त्यसपछि गणना स्थगित भएको घटनाबारे निर्वाचन बुथभित्रै बसेर सुक्ष्म तरिकाले नियालेका प्रतिनिधिहरुले यस्तो डरलाग्दो तथ्य सार्वजनिक गरेका छन् ।

भरतपुर महानगरपालिकाको वडा नः २१ बाट एमालेका देवी ज्ञवालीको लिड ७८४ रहेको थियो । नाम नबताउने सर्तमा इमान्दार मिडियासँग कुरा गर्दै एक एमाले स्थानीय नेताले भने – ‘ यो लिड महानगरको वडा नः १९ मा गणना गर्दा ३ सयदेखि ४ सय सम्म झर्ने अनुमान थियो कांग्रेस र माओवादीको । तर १९ को मतगणना गर्दा उनीहरुले सोचेजस्तो परिणाम आएन । त्यहाँ मत गणना गर्दा एमालेका देवी ज्ञवाली त्यति धेरै माइनस भएनन् । वडा नः १९ को पहिलो ६०० मा २०, दोस्रो ६०० मा ९ र तेस्रो ६०० मा २२ मत गरी कुल १८०० को गणनामा ५१ मत माइनस भए देवी ज्ञवाली ।’

उनले यो रेर्कड निर्वाचन आयोगसँग अहिले पनि सुरक्षित हुनसक्ने र हुनुपर्ने बताएका छन् ।

उनले अगाडि भने – ‘त्यसपछिको ६ सय गणनासम्म कुल ८० मत माइनस भयो। बाँकी गणना गर्न जम्मा ४६७ मत थियो । यो सबै गर्दा म्याक्सिमम् १२० भन्दा बढि देवीको खाताबाट मत घट्ने देखिएन । यसो हुँदा अन्तिम वडा नः २० मा जाँदा देवीको अग्रता ६६४ भन्दा बढि नै कायम हुने देखियो । जुन कांग्रेस र माओवादी केन्द्रका लागि अप्रत्यासित थियो ।कांग्रेसले माओवादीलाई वडा नः १९ बाट ५ सयदेखि ६ सयसम्म माइनस हुने आश्वासन दिएर डाढस दिएका थिए ।तर माओवादी केन्द्र आश्वस्त हुन सकिरहेको थिएन् ।’

कांग्रेसले जुन जुन वडामा जतिजति फरकमा एमालेलाई हराइन्छ भनेको थियो त्यो अनुमान एउटा पनि वडामा नमिलेपछि तनावको स्थिति सिर्जना भएको स्रोतले इमान्दार मिडियालाई बतायो । ‘वडा नः २० मा ३३०२ मत खसेको छ । यहाँ ३ वटा बुथ थिए ,दद्रेनी, सिमलटाँडी र भिमोदय बुथ । ३ मध्ये दद्रेनी र सिमलटाँडी बुथमा एमाले अघि थियो भने भिमोदयमा कांग्रेस । ३ वटा बुथमा गरेर एमालेको कम्तीमा ११ सय मत आउथ्यो । लिड थियो ६६४ यो सबै जोड्दा १७ सय भन्दा माथि हुन्थ्यो । जुन मत गठवन्धनको पराजयका लागि प्रयाप्त थियो । कांग्रेसले जुन जुन वडामा जतिजति फरकमा एमालेलाई हराइन्छ भनेको थियो त्यो अनुमान एउटा पनि वडामा मिलेको थिएन ।’ स्रोतले भन्यो ।

यसैले हतास मनस्थितिमा माओवादी केन्द्रले आफ्ना मानिसहरु लगाई सुनियोजीत रुपमा मतपत्र च्यात्न लगाई पुन निर्वाचन गर्नु पर्ने अडान लिएको एमाले कार्यकर्ताहरुले बताए ।

‘वडा नः २० भन्दा धेरै मत खसेका वडा नः १५, १७, १८ र २१ मा समेत एमालेले बढिमा ३६१ भन्दा बढि मत तिरेको छैन् । जहाँ ३६ सयको हाराहारीमा मत खसेको थियो । वडा नः १७ मा २८७, १५ मा २३७ मत तिरेको छ । जहाँ कांग्रेसले ५ सयभन्दा बढि मत तिर्नुपर्ने अनुमान गरेका थिए ।’ स्रोतले भन्यो ।

सोही समय देखि त्यहाँको मतणना स्थगित छ भने मतगणास्थल सिल गरिएको छ । । अहिले माओवादी कांग्रेस पुन मतदान गर्नुेपर्नैअ डानमा छन भने एमालेले मतगणना अगाडि बढाउनुपर्ने आफ्नो अडान कायमै राखेको छ । प्रहरीले दुई माओवादी कार्यकर्तालाई मतपत्र च्यात्दै गर्दा रंगेहात पक्राउ गरेको एमालेको भनाई छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।