चितवनको भरतपुरमा च्यातिएका मतपत्र गणना गर्न ताला खोलियो

भरतपुर, मतपत्र च्यातिएपछि लगाइएको ताला सर्वदलीय बैठकपछि खोलिएको छ । सुरक्षा समिति र राजनीतिक दलको बैठकपछि चितवनको भरतपुरमा च्यातिएका मतपत्र गणना गर्न ताला खोलिएको हो । उमेदवार र उनीहरुका प्रतिनिधि गरी ४६ जनालाई विशेष पासको व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगले जिल्ला निर्वाचन अधिकृतको कार्यालयलाई च्यातिएको मतपत्रको मतगणना गर्न निर्देशन दिए पछि सर्वदलीय बैठक बोलाइएको थियो ।

त्यसपछि ताला खोलेर विशेष सुरक्षाका साथ च्यातिएको मतगणना गरिन लागेको हो ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगको निर्देशनअनुसार सुरक्षा समितिको बैठकपछि राजनीतिक दलका प्रतिनिधि पनि छलफलमा जुटेका थिए ।छलफलपछि च्यातिएको मतपत्र गणना गरेर निर्वाचन आयोगमा जानकारी गराइने तयारी गरिएको छ ।

यसैबीच नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न दवाव दिएका छन् ।सचिव ज्ञवालीले भरतपुर महानगरपालिकामा मतपत्र च्यातेर माओवादी केन्द्रले जनताको स्वतन्त्र अभिमतमाथि षडयन्त्र गरेको आरोप समेत लगाए ।

बिहीबार नेकपा एमाले जिल्ला कमिटीे चितवनद्वारा भरतपुरको अस्पताल चोकमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले पुनः मतदान गर्ने सत्तारुढ कांग्रेस÷माओवादी केन्द्रको मागलाई स्वतन्त्र निर्वाचन प्रणाली विरुद्धको षडयन्त्र भएको भन्दै आपत्ति जनाए ।

एमालेले तत्काल मतगणना सुरु गर्न दवाव दिँदै सदन र सडक संघर्षलाई तीव्र बनाएको छ । भरतपुरमा एमालेले पुनः मतगणना सुरु गर्न निरन्तर दवाव दिँदै आएको छ । माओवादी केन्द्रका दुई जना कार्यकर्ताले मतपत्र च्यातिदिएपछि भरतपुर महानगरपालिकाको मतगणना स्थगित गरिएको छ । – बाह्खरीबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖