काठमाडौंबाट ट्रान्जिट हुँदै दोहा जाने हवाई टिकट काट्न छाडियो

काठमाडौं, जेठ २४ । कतारमा विभिन्न सात देशले लागाएको प्रतिवन्दको असर नेपालमा पनि देखिएकोे छ । काठमाडौंबाट दुवई तथा साउदीमा ट्रान्जिट भएर उड्ने विमानले दोहा जाने यात्रु लैजान छाडेका हुन् । यसरी जाने यात्रुको टिकट काट्न छाडिएको छ ।

यसअघि टिकट लिइसकेका यात्रुलाई पनि सिधै दोहा जाने विमानमा पठाउन थालेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यसको ओपचारीक जानकारी भने गराइनसकेको र उनीहरुले आन्तरिक रुपमा मिलाइरहेको थाहा भएको प्राधिकरणको भनाई छ ।

काठमाडौंबाट दोहाका लागि नेपाल एयरलाइन्स, कतार एयरवेइज र हिमालय एयरलाइन्सले सिधा उडान भर्दै आएका छन् । यस अघि साउदी तथा युएईमा ट्रान्जिट भएर पनि नेपाली कतार जाने गरेका थिए । टिकट सस्तोमा पाइने भएकाले यसरी जाने गरेको प्राधिकरणले जनाएको छ ।

यसअघि एयरइन्डिया, इत्तिहाद, प्लाई दुवई र एयर अरेवियाले ट्रान्जिटमा जाने यात्रु लाने गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।