कोहि युद्धका कमान्डर, कोहि १० कक्षा फेल ! – हेर्नुहोस् पछिल्ला ६ अर्थमन्त्रीको मन्त्रालय नसुहाउँदो बायोडाटा !

काठमाडौँ, नेपालको अर्थतन्त्रमा खास सुधार भएन भन्ने हो भने यसपालीको आर्थिक वृद्धिदरले त्यसलाई गलत पुष्टि गरेको छ । तर दर वा अंकमा देखिएको वृद्धिदरले खासै जनातालाई छुन भने सकेको छैन । आखिर किन यस्तो भयो होला ? यो प्रश्नको थुप्रै उत्तरहरु छन् । थुप्रै उत्तरहरुमध्ये नेपाल सरकारले पाएका अर्थमन्त्री कस्ता थिए भन्नेपनि हो । नेपालको इतिहासमा केहि अब्बल अर्थमन्त्रीपनि थिए । तर पछिल्ला ६ अर्थमन्त्रीलाई हेर्ने हो भने नेपालको अर्थमन्त्री नेपालको अर्थतन्त्र जानेको, बुझेको, पढेको वा अर्थ मन्त्रालय साच्चै राम्रोसँग हाँक्न सक्नेभन्दापनि नेताको चाप्लुसी गर्ने, मन्त्री हुनका लागि मन्त्री हुनेहरु बढी हावी भएको देखिन्छ । देशले पाएका अर्थमन्त्रीका कारणपनि देश उँभो लाग्न नसकेको तर्क सरोवारवालाहरुले गर्ने गरेका छन् ।

सुवर्ण शमसेर राणादेखिको यो इतिहास
नेपालको पहिलो अर्थमन्त्री सुवन शमसेर राणा हुन्। त्यसपछि केशर शमसेर राणा, मातृका प्रसाद कोइराला, सि.वि.सिंह, ऋषिकेश शाह, सूर्य बहादुर थापा, सुरेन्द्र बहादुर बस्नेत, कीर्तीनिधि विष्ट, गेहेन्द्र बहादुर राजभण्डारी, डा.भेष बहादुर थापा, डा.यादव प्रसाद पन्त, डा.प्रकाश चन्द्र लोहनी, भरत बहादुर थापा, पशुपतिशमशेर राणा, डा.देवेन्द्रराज पाण्डे , गिरिजा प्रसाद कोइराला, महेश आचार्य, भरत मोहन अधिकारी, शेर बहादुर देउवा, डा.रामशरण महत, रविन्द्रनाथ शर्मा, डा.बद्री प्रसाद श्रेष्ठ, मधुकर शमशेर राणा, र राणापछी डा.रुप ज्योतिले अर्थ मन्त्रालयको बागडोर सम्हाले ।माओवादी सरकारमा आएपछि डा.बाबुराम भट्टराई अर्थमन्त्री बने भने त्यसपछि एमालेको सरकारमा सुरेन्द्र पाण्डे अर्थमन्त्री बने ।

युद्धका कमान्डरदेखि १० कक्षा फेलसम्म !
सुरेन्द्र पाण्डे अर्थमन्त्री भएदेखि नै नेपालको अर्थ प्रणाली वा अर्थमन्त्रालय भन्दापनि अर्थमन्त्री विवादमा तानिन थाले । सुरेन्द्र पाण्डेका पालामा संसद भवनमै बजेटको ब्रिफकेश तोडियो । यसो त पाण्डेले ल्याएका नीति तथा कार्यक्रमको पनि तुक देखिएन । भर्खर अर्थशास्त्र पढ्दै गरेका उनलाई धेरैले विद्यार्थी मन्त्री पनि भने । त्यसपछि बर्षमान पुन: अर्थमन्त्री बने । उनीसंगपनि अर्थशास्त्रको कुनै ज्ञान थिएन । युद्ध लडेर आएका उनले पनि खास नयाँ केहि गर्न सकेनन् । त्यसपछि शंकर कोइराला अर्थमन्त्री बने । उनको कार्यकालभर उनीपनि विवादमै रहिरहे।

त्यसपछि अर्थमन्त्री बनेका विष्णु प्रसाद पौडेलले त मन्त्रालयकै बेइज्जत गरे भन्ने चर्चा चल्यो । उनी १० कक्षा समेत फेल भएको तथ्य बाहिरिएपछी अर्थ मन्त्रालयलाई हेर्ने आम नजरपनि नकारात्मक बन्यो । पुन: प्रचण्ड सरकारमा आएपछि कृष्ण बहादुर महरा अर्थमन्त्री बने । उनीपनि माओवादीका कमिस्नार थिए । उनलाईपनि अर्थतन्त्रको खासै ज्ञान थिएन । अहिले ज्ञानेन्द्र बहादुर कार्की देशका अर्थमन्त्री छन् । उनी त झन् डेबिट-क्रेडिटपनि जान्दैनन् भन्ने चर्चा चलेको छ । – अर्थसरोकारबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।