सर्वोच्च शिखर सगरमाथामा यसरी फहराईयो एमालेको झन्डा !

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथामा एक जना आरोहीले सुर्य चिन्ह फहराएका छन् । सोलुखुम्बु नाम्चे ठमोका पासाङ शेर्पाले सुर्य चिन्ह सगरमाथामा फहराएका हुन् ।

सन् २०१७ मे २८ अर्थात वि.सं. २०७४ जेष्ठ १४ गते बिहानको ८ बजेर १६ मिनेट जाँदा शेर्पाले नेकपा एमालेको चुनाव चिन्ह सूर्य फहराएर नयाँ किर्तिमान कायम गरेका छन् ।

३९ वर्षीय शेर्पाको यो कीर्तिमान स्थानीय तह निर्वाचन भईरहेको यो समयावधिमा नेकपा एमाले र एमाले समर्थकहरुका लागी बढी सान्दर्भिक र स्मरणीय बनेको छ ।

पहिलो चरणको स्थानीय निर्वाचनमा जनताको मन जितेर अत्यधिक मतले विजयी हुँदै पहिलो पार्टीको रुपमा शक्तिशालि पार्टी बन्न सफल एमालेलाई शेर्पाको यो किर्तीमानी दोश्रो चरणको निर्वाचनको लागि फलिफाप हुने विष्लेशकहरुको ठम्मयाई छ ।

पहिलो चरणको निर्वाचनमा तीन प्रदेशका २८३ मध्ये २८२ तहको परिणाममा नेकपा एमाले १२८ सीटमा आफ्नो कब्जा जमाउन सफल हुनुका साथै तीन स्वतन्त्र सिटमा आफुलाई सुरक्षित उभ्एको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖