एमाले र कांग्रेसका यी दुई उम्मेदवार : प्रतिस्पर्धी नै सँगै भोट माग्छन्, एउटै कोठामा बस्छन्

आरोप प्रत्यारोप नगर्ने, पर्चा पनि नबाँड्ने, जसले जिते पनि मिलेर काम गर्ने

ओखलढुंगा । चुनावको बेला उम्मेदवार मात्र होइन तिनका समर्थकहरुको समेत पानी बाराबारको स्थिति हुन्छ । तर, ओखलढुंगाको एउटा गाउँमा दुई प्रमुख प्रतिस्पर्धी आपसी हार्दिकताका कारण नमूना बनेका छन् ।

ओखलढुंगाको सुदूर उत्तरी बिकट क्षेत्र खिजीदेम्वा गाउँपालिका वडा नं। ८ भुसिंगाका वडा अध्यक्षका प्रत्यासी नेपाली काँग्रेसका नगेन्द्र वस्नेत र नेकपा एमालेका तिलक गुरुङको जोडी अनौठो छ ।

उनीहरु फरक पार्टीका उम्मेदवार हुन् तर, सँगै हिड्छन् । भोट माग्दा एक अर्कालाई गाली आलोचना गर्दैनन् । बरु आ-आफ्ना एजेण्डा मतदाता समक्ष राखेर भोट माग्छन् ।

व्यक्तिगत रुपमा वडा अध्यक्षका लागि तिलक गुरुङले पर्चा समेत नबनाएको बताए । अब पर्चा नबनाउने उनले बताए ।

फरक दुई पार्टी भए पनि स्थानीय तहमा विकास निर्माणका योजनाहरुमा दुवै सँगै बसेर काम गरेका छन् । उनीहरु सदरमुकाम ओखलढुंगा आउँदा सधै एउटै कोठामा बस्छन् ।

उम्मेदवारी घोषणा भएपछि सदरमुकाममा भेटिएका दुवै जना एकै कोठामा थिए । यस्ता उम्मेदवार सम्भवत : अन्त कतै नपाइन सक्छन् ।

‘चुनाव जसले जिते पनि गाउँको विकास गर्ने हो हामी त साथीभाइ पो तु कांग्रेसका उम्मेदवार नगेन्द्र बस्नेतले भने, ‘लामो समयदेखि गाउँमा बस्नेत अध्यक्ष र गुरुङ, सचिव र कोषाध्यक्ष बन्दै सडक निर्माण, विद्यत आयोजना संचालन लगायतका आयोजनाको काम गर्दै आएका छन् ।

‘न, गाली गर्छन् न आरोप प्रत्यारोप नैु मतदाता भन्छन्, साह्रै मिलेका छन् । भुसिंगाको सामाजिक काममा उनीहरु सँधै जुटेकाले अरु पार्टीका उम्मेदवार खासै चर्चामा पनि छैनन् ।

‘आफ्ना मुद्दा राखेर भोट माग्ने हो, अरुलाई होच्याएर केहि हुन्नु एमालेका वडा अध्यक्षका उम्मेदवार तिलक गुरुङले भने ।

वडामा धेरैले कसले जित्छ भन्ने अनुमान समेत लाउन सकेका छैनन् ।’भोट त यसरी पनि माग्न सकिने रहेछ नि, उनीहरुबाट राजनीतिक संस्कार सिक्न जरुरी छु पेशागत महासंघका अध्यक्ष युवराज दाहालले भने ।

ओखलढुंगामा अन्य उम्मेदवारहरु भने एक अर्कालाई आरोप प्रत्यारोप गर्दै चुनाव प्रचारमा छन् । गुरुङ शिक्षक पेसा छोडेर चुनावी मैदानमा आएका हुन् भने बस्नेत पूर्व जिल्ला सदस्य । – अनलाईनखबरबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।