करोडौ घोटलामा पक्राउ परेका चुडामणिलाई बचाउन ऋषि धमलाको भारतीय नेताहरुसँग हारगुहार, धमलालाई पनि उजुरी पर्यो
काठमाडौँ, चुडामणि शर्माकै सेटिङमा आन्तरिक राजश्व विभागबाट बजेट निकासा गरी आर्थिक बहस नामक कार्यक्रम सन्चालन गरेका ऋषि धमला चुडामणि शर्मालाई छुटाउन अहिले भारतीय नेताहरुलाई हारगुहार गरिरहेको खुलासा भएको छ ।
स्रोतका अनुसार पत्रकार धमलाले दिल्लीमा भारतीय गृहमन्त्री राजनाथ सिंह, भाजपाका नेता भगतसिंह कोशियारी लगायतलाई भेटेर चुडामणी शर्मालाई जोगाइदिन आग्रह गरेका छन् । चुडामणि शर्मालाई बचाउन भन्दै बिहिबार दिल्ली उडेका धमला आइतबार साँझ काठमाडौं फर्किएका छन् । यसको भित्री कारण भने शर्माकै सेटिङमा उनलाई आयोगबाट कार्यक्रमका नाममा आउने लाखौँ रुपैयाँ रहेको स्रोतको दावी छ ।
ऋषि धमलाले भ्रष्ट व्यक्तिलाई बचाउन खेल खेलीरहेको भन्दै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको र यो उजुरीको समेत काम कारवाही छिट्टै नै अगाडी बढाउन लागिएको बुझिएको छ । – अर्थसरोकार


