भरतपुरमा मतपत्र च्यात्ने कसुरदारहरु फेरि भोट माग्दै घरदैलोमा

भरतपुर, ३० जेठ । तस्बिरमा घेरा लगाइएका मधु न्यौपाने जेठ १४ गते राती मतपत्र च्यात्ने अभियुक्त हुन् । प्रहरीले मधुसँगै माओवादीका अर्का प्रतिनिधि द्रोणलाई मतपत्र च्यातेकोमा पक्राऊ गरी अदालतले एक–एक लाख धरौटीमा छोडेको छ । निर्वाचन आयोगले भने मतपत्र च्यात्ने दुई अभियुक्तको माग बमोजिम नै पुन मतदानको निर्णय गरेको थियो ।

निर्वाचन कसुरदार मधु र द्रोण तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी तथा भरतपुर महानगरपालिकामा मेयरकी उम्मेदवार रेणु दाहालका मतगणना प्रतिनिधि हुन् । आचार संहिता उल्लंघन गरे सम्बन्धित उम्मेदवारको उम्मेदवारी समेत खारेज गरिने ब्यवस्था निर्वाचन ऐनमा छ । तर, निर्वाचन आयोगले त्यसो गरेन । मतपत्र च्यातेर पुन मतदानमा जाने कसुरदारको योजनासँग सहमत भएकाले आयोगले कसुरदारले निर्वाचन आचार संहिताको उल्लंघन गरेकोमा उम्मेदवारी नै खारेज गर्ने अधिकार हुँदा हुँदै कसुरदारको योजना अनुरुप नै पुन मतदान गर्ने निर्णय गर्यो ।

मतपत्र च्यात्ने योजना बनाउन महान्यायाधिवक्ता रमण श्रेष्ठको समेत सहभागिता रहेको त्यसबेलै सार्वजनिक भइसकेको छ । भरतपुर महानगरको मेयरमा एमाले उम्मेदवार देवी ज्ञवालीले जित्ने अवस्था देखिएपछि भरतपुर १९ को मतगणना भइरहेका बेला माओवादी प्रतिनिधिले मतपत्र च्यातेर पुन मतदानको माग राखे । मतपत्र च्यात्ने अभियुक्तकै मागदावी अनुसार निर्वाचन आयोगले भरतपुर–१९ को पुन मतदान गराउने आयोगले निर्णय गरेपछि त्यसलाई सर्वाेच्च अदालतमा रिट पर्यो ।

सर्वाेच्च अदालतले पुन मतदान गराउने आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो । सर्वाेच्चबाट मुद्दाको अन्तिम किनारा लागेको छैन । जेठ २८ गते आइतबारका लागि हुने भनिएको सुनुवाई आज मंगलवारका लागि सरेको थियो । मंगलवार पनि मुद्दाको सूचीमा १८ औं नम्बरमा मात्रै भरतपुर काण्डलाई राखिएकाले आज सुनुवाई हुने सम्भावना कम देखिएको छ ।

उता मतपत्र च्यात्ने कसुरदार माओवादीका प्रतिनिधि मधु न्यौपाने भने पुन मतदान गराउने आफ्नो योजना पूरा हुन लागेको भन्दै मेयरका माओवादी उम्मेदवार रेणुसँगै भरतपुर–१९ मा मतदाताको घरदैलोमा मत माग्न खटिएका छन् । आफूहरुरले दिएको मतपत्र च्यातेर फेरि मत माग्न आउने कसुरदारलाई भरतपुर–१९ का मतदाताले फेरि कति मत दिन्छन् भन्ने चाहीँ पुन मतदान भएमा हेर्न पाइनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।