आन्तरिक विवादमा फस्दै देउवा, न त सरकार विस्तार नत उम्मेदवार चयन

काठमाडौँ, सरकार गठन भएको एक साता बिन्त लाग्दा समेत प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति आन्तरिक र बाह्य दुवै समस्यामा फसेका छन् । आन्तरिक समसया समाधान गरेर मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा समेत उनी सफल हुन सकेका छैनन् ।

राष्ट्रपति स्वीटजरल्याण्ड भ्रमणमा जानु अगावै सरकार विस्तार गर्ने तयारी गरिएको भएपनि आन्तरिक समिकरण मिल्न नसक्दा प्रक्रिया अगाडि बढ्न सकेन ।

पार्टीका नेता रामचन्द्र पौडेलले बलबहादुर केसीलाई पनि मन्त्री बनाउनुपर्ने भन्दै दबाव दिएपछि देउवाले उक्त नाममा आनो सहमति नभएको बताए । जसका कारण आन्तरिक विवाद मिल्न नसक्दा सरकार विस्तार प्रक्रिया अगाडि बढ्न सकेन ।

पौडेल पषले आफुहरुलाई संस्थापन पक्षले भन्दा बढी मन्त्रालय पाउनुपर्ने माग प्रधानमनत्रीसँग राखेका कारण सहमति हुन नसकेको बताइन्छ ।

यस्तै स्थानीय तहको दोस्रो चरणको उममेदवारी मनोनयनको दिन नजिकिदै जाँदा समेत काँग्रेसले उममेदवार छनौट गर्न सकेको छैन । उम्मेदवार छनौट हुन नसक्नुको पछाडि पनि आन्तरिक विवाद नै प्रमुख कारण रहेको छ । जस्तै दाङमा खमुबहादुर खड्का, दीपकर गिरि र पार्वता चौधरी डिसीले सिफारिश गरेको व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने त्रिपक्षीय दबावमा देउवा परेका छन् ।

यस्तै विरगन्जमा समेत उम्मेदवार छनौट प्रक्रिया अगाडि बढ्न सकेको छैन । विराटनगरको अवस्था पनि उस्तै रहेको छ । अन्य राजनीतिक दल उम्मेदवार नै छनौट गरेर निर्वाचन प्रचार प्रसारमा जुटिरहेको बेला काँग्रेस भित्र विवाद बढ्न पुगेको छ । माओवादी केन्द्रले ९० प्रतिशत भन्दा बढी उममेदवार छनौट गरिसकेको छ भने एमालले पनि उम्मेदवार छनौटलाई अन्तिम चरणमा पुर्याएको छ ।

संघीय समाजवादी फोरमले समेत उम्मेदवार छनौट कार्य अन्तिम चरणमा पु पुर्याएपनि काँग्रेसले उम्मेदवार छनौट नगर्दा निर्वाचनको माहोल बन्न नसकेको बताइन्छ ।

आन्तरिक विवादमा फस्दा काँग्रेसले न त सरकार विस्तार गर्न सकेको छ न त स्थानीय तहको निर्वाचनमा उम्मेदवार नै टुङ्गो लगाउन सकेको छ भन्दै पार्टी भित्रै चर्को आलोचना सुरु भएको छ । – अर्थ संसार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।