गोर्खाल्याण्डमा नेपालीको समर्थन, दिए यस्तो संदेश (भिडियो सहित)

दार्जिलिङ्ग बासीको माग जायज छ, अरुजातिको नाममा राज्य घोषणा गर्ने भारत सरकारले गोर्खालीलाई पनि उस्को गोर्खाल्याण्ड सुम्पनै पर्छ

दार्जिलिङ्ग । पश्चिम बंगाल सरकारले बंगाल भाषालाई अनिवार्य भाषा बनाउने अधिसूचना जारी गरेपछि अहिले दार्जिलिङ्गमा तनावमा छ । फरक फरक विषयमा आन्दोलन चर्कींदै आएपनि दार्जिलिङ्ग बासीको एउटै माग हो “गोर्खाल्याण्ड” ।

आफ्ना स्वामित्व प्राप्तिका लागि दार्जिलिङ्ग बासीले गर्दै आईरहेको यस पटकको आन्दोलन भने पहिलाको जस्तो सेलाउने पक्षमा छैन । भारत वर्षभित्रको संविधानको धारा थ्री ए अनुसार नै गोर्खाल्याण्डको माग गरिएको छ ।

संविधानमै रहेर माग गरिएको विषयलाई अनैतिक भन्दै बंगालभित्रैको काउन्सिलमा समेटिने प्रयास गरिएकोमा दार्जिलिङ्ग बासीले आपत्ति जनाएका छन् ।

वार्ताबाटै चाँडै नै समस्याको समाधान खोजिनु पर्नेमा झन प्रतिदिन अवस्था जरजर बन्दै गई रहेको छ एकातिर भने अर्र्काेतिर भारत सरकारले दार्जिलिङ्ग बासीको मागलाई सम्बोधन गर्ने कुनै संकेत नै दिएको छैन । यस विषयमा लाईट नेपालका रिर्पाेटर रुपनी जि.एमले नेपाली जनताको विचार समेटेकी छन् । हेरौं नेपाली जनताहरु के भन्छन् त दार्जिलिङ्गको विषयमा ? हेर्नको लागि तलको भिडियोमा क्लिक गर्नुहोला ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।