बद्रि पंगेनीले कार्यक्रम गरेको ठाउँमा यसरि भयो ढुंगामुढा, प्रहरी सहित अन्य ब्याक्ति घाइते (भिडियो सहित)
कोहलपुर,अषाढ-४ । स्थानिय तहको दोस्रो चरणको चुनावको दिन नजिकिदै गर्दा आज बाके जिल्लाको आठै वटा तहमा उम्मेदवारी दर्ता गर्ने काम सम्पन्न भएको छ। उम्मेदवारी दर्ता गर्ने क्रममा आज कोहलपुर नगरपालिका मा पनि नेकपा एमाले ,नेपाली काङ्ग्रेस ,नेकपा माओबादी केन्द्र,राष्ट्रिय प्रजातन्त्र पाटी,मधेशी जन अधिकार फोरम ,लागायत बिभिन्न पाटिले आ आफ्ना नेता कार्यकर्ता र जनताका बिच बिभिन्न र्याली झ्याकिका साथमा उम्मेदवारी दर्ता गरेको छ।
उम्मेदवारी दर्ता कै क्रममा आज बैजनाथ गाउ पालिकामा पनि सबै पाटी हरुले आ आफ्नो उम्मेदवारी दर्ता गराएका छन ।उम्मेदवारी दर्ताकै सिलशिला मा आज नेकपा एमाले बैजनाथ गाउपालिकाले जन गायक बद्री पङ्गेनी का साथमा बृहत सास्कृतिक कार्यक्रम राखेको थियो ।
कार्यक्रम को प्रमुख अतिथी नेकपा एमाले सल्लाहाकार सदस्य तथा क्षेत्र न.४का माननिय सासद दलबहादुर सुनार रहनु भएको थियो बिशिस्ट अतिथी जनताको गायक जन गायक बद्री पङ्गेनी रहनु भएको थियो।अतिथिमा बैजनाथ गाउपालिका का अध्यक्ष मानबहादुर रुचाल,उपाध्यक्ष पदकि उम्मेदवार शारदा बिश्वकर्मा लगायत ८ वटा वडाकै अध्यक्ष लगायत सबै उम्मेदवार हरुको उपस्थिती रहेको थियो।
कार्यक्रममा बोल्दै माननिय सासदले चितवनका जनता सोझा थिए र माओबादी र काङ्ग्रेस मिलेर सोझा साझा जनताको मत च्याते जनताको मतको कुनै कदर गरेनन तर हामी बाके बासी बैजनाथ गाउपालिका बासी त्यती सोझा छैनौ यदि चुनाव हार्ने डरले जनताको मत को कदर नगरेर चुनावको मत च्यात्ने फेरि दुर्प्रयास गरे भने हामिले त्यसको प्रतिकार शान्तिपुर्ण तरिकाले गर्नु पर्छ भन्दै सुनारले जनताको पाटी नेकपा एमाले लाइ आफ्नो अमुल्य मत दिएर जिताउन आग्रह गर्नु भयो।
कार्यक्रम मा गाउपालिका अध्यक्ष मानबहादुर रुचाल,उपाध्यक्ष शारदा बिश्वबकर्माले आ आफ्नो प्रतिबद्धता राख्नु भएको थियो। कार्यक्रम शान्तिपुर्ण तरिकाले हुदै गर्दा माओबादी केन्द्र र नेकपा एमालेको बिचमा दोहोरो झडप भएको छ झडप मा दुबै पक्ष का दर्जनौ भन्दा बढी घाईते भएका छन घाइते हुने क्रममा प्रहरी साहयक निरीक्षक बिश्वजित गौतम गम्भिर घाइते हुनु भएको छ। घटना स्थल लाई साम्य बनाउने क्रममा आठ राउन्ड हवाई फायर समेत गरिएको थियो।
– सरला सुबेदी / लाईटनेपाल ।


