धनकुटामा १,२०६ जनाको उमेद्वारी !
धनकुटा खबर, जेठ ५ । आसन्न जेठ १४ गतेको स्थानिय तह निर्बाचनको लागि १ हजार २ सय ६ जनाको उमेद्वारी परेको छ ।
धनकुटाको स्थानिय ७ तह र ६० वडामा आबश्यक कुल ३ सय १४ जना प्रतिनिधिहरुको लागि उक्त उमेद्वारी परेको हो ।

प्रमुखमा ४४, उपप्रमुखमा ४२, वडा अध्यक्षमा २ सय ५०, खुल्ला, महिला र दलित सदस्यमा ८ सय ७० जना उमेद्वार रहेका छन् ।
प्रमुख पदमा ४० पुरुष र ४ महिलाको उमेद्वारी परेको धनकुटामा उपप्रमुखमा १२ पुरुष तथा ३० महिलाको उमेद्वारी परेको जिल्ला निर्बाचन कार्यलय धनकुटाले जानकारी दिएको छ ।
बडा अध्यक्ष तर्फ २ सय ४३ पुरुष र ७ महिला परेको छ । खुल्ला सदस्य तर्फ ४ सय ३० पुरुष र २८ महिलाको मनोनयन दर्ता भएको कार्यलयकासुचना अधिकारी केशव पौडेलले जानकारी दिए ।


