कपडा सिलाउँदै पढेका सुजित दर्नालले १ हजार बढी बिद्यार्थीलाई पछि पार्दै एमबीबीएस टप गरी बने डाक्टर !

काठमाडौं,असार ६ | परिवारको नाममा एक टुक्रो जमिनसमेत थिएन। दिनभर अर्काको कपडा सिलाएर कमाएको दुईचार रुपैयाँका भरमा भाडाको कोठामा चारजनाको परिवार पाल्नु बाबु गंगारामको दायत्व थियो। आजको नागरिक दैनिकमा खबर छ |

त्यही कामका लागि पनि दीर्घ रोगी बाबुलाई साँझबिहान र बिदाको समय सिलाइमा सघाएर बचेको समय स्कुलका लागि हुन्थ्यो। जति नै दुःख परे पनि लेटाङ मोरङका सुजितकुमार दर्नालको पढाइको भोक घटेन, बरु बढ्यो। त्यही भोकले विपन्न दलित परिवारमा जन्मिएका उनी डाक्टर बने। त्रिविअन्तर्गत एक हजारभन्दा बढी डाक्टर विद्यार्थीलाई उछिन्दै उनी ८०.८२ प्रतिशत अंक ल्याएर सर्वोत्कृष्ट भए।

नेपालमै सबैभन्दा महंगो विषय चिकित्सा शिक्षा पढ्ने र सफलता पाउने कुरा निम्नवर्गीय परिवारमा जन्मिएको व्यक्तिका लागि कल्पनाभन्दा बाहिरको विषय थियो। ‘डाक्टर बन्ने त सोचेकै थिइनँ, मेहनतमात्रै गरें,’ सुजितले भने, ‘समयले बाटो देखायो र डाक्टर बनायो।’

तेह्रथुममा जन्मेका गंगाराम २०४५ सालमा लेटाङ झरेपछि नै दर्नाल परिवारको भविष्यको ढोका खुलेको हो। अचल सम्पत्ति नभए पनि गंगारामले हातमुख जोर्ने व्यवस्था गरेरै छोराछोरीलाई स्कुल पठाए। स्थानीय शान्ति भगवती उच्च मावि लेटाङबाट उनको स्कुल शिक्षा प्रारम्भ भएको हो। गाउँटोलमा बाबुसँगै लुगा सिलाउने विद्यार्थीको कक्षाकोठाको प्रस्तुति देखेर शिक्षक हौस्याउँथे तर त्यस प्रेरणाको मर्म उनलाई पत्तो थिएन।

शिक्षकको अपेक्षाअनुसार नै उनले २०६५ को एसएलसीमा ७५ प्रतिशत अंक ल्याएर उत्तीर्ण गरे। बाबु गंगारामका लागि यो अनपेक्षित तर हौसलावर्द्धक उपलब्धि थियो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।