राष्ट्रपतिको बाटो छेकेर एम्बुलेन्सका लागि बाटो खुलाउने ट्राफिक पुरस्कृत

बेंग्लोर, असार ७ । भारतको बेंग्लोर सहरमा तैनाथ एक ट्राफिक प्रहरी भारतका राष्ट्रपति प्रणव मुखर्जीको सवारी रोकेर एम्बुलेन्सलाई बाटो खुला गरेका कारण पुरस्कृत हुने भएका छन् ।

राष्ट्रपतिको सवारी आइपुग्दा पनि सडकको अर्कोतर्फ जाममा फसेको एम्बुलेन्सलाई बाटो खुला गर्नका लागि सवारी खुला गरिदिएका ट्राफिक सब इन्सपेक्टर एमएल निजलिंगप्पालाई बेंग्लोर प्रहरीले पुरस्कार दिने भएको हो ।

उनलाई दिइने पुरस्कारको बारेमा भने खुलाइएको छैन । उक्त सहरको पूर्वी विभागका डेपुटी कमिश्नर अफ पुलिस ट्राफिक अभय गोयलले ट्वीटरमा ती ट्राफिक प्रहरीको प्रशंसा गरेका छन् ।

बेंग्लोर ट्रिनिटी सर्कलमा ड्युटीमा तैनाथ रहँदा उनले राष्ट्रपतिको सवारीलाई समेत परवाह नगरी जाममा फसेको एम्बुलेन्सलाई बाटो खुलाएका थिए । उनको सो कदमलाई स्थानीय मिडियाले समेत निकै प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गरेका थिए । (एजेन्सी)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖