सुडान घोटालामा संलग्न २ पूर्व आईजीपीद्वारा सर्वोच्चमा आत्मसमर्पण, १ एआईजी र १ डीआईजीले पनि गरे आत्मसमर्पण

काठमाण्डौ, असार ७, सुडान घोटालामा सर्वोच्च अदालतद्वारा जेल सजाय तोकेका तीन पूर्व आईजी मध्ये २ जनाले आज सर्वोच्चमा आत्मसमर्पण गरेका छन् । पूर्व आईजीपी हेमबहादुर गुरुङ र ओमविक्रम राणाले अदालतमा आत्मसमर्पण गरेका हुन् । यस्तै, एआईजी दीपक छ्याङदेन र डीआईजी दीपक श्रेष्ठले पनि आत्मसमर्पण गरेका छन् ।

सर्वोच्च अदालतले वैशाख १७ गते सुडान घोटाला काण्डको अन्तिम फैसला सुनाउँदै नेपाल प्रहरीका तीन पूर्वआईजीपीसहित अन्य अधिकारीहरुलाई सजाय सुनाएको थियो ।

सर्वोच्चले नेपाल प्रहरीका पूर्व आईजी ओमबिक्रम राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना, हेमबहादुर गुरुङलाई १ वर्ष कैद र ४० हजार जरिवाना तथा रमेशचन्द्र ठकुरीलाई १ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको थियो। एआईजी छ्याङदेनलाई ४० हजार जरिवाना एक वर्ष कैद र डीआईजी श्रेष्ठलाई ३० हजार जरिवाना र ६ महिना कैद सजाए तोकिएको छ ।

आत्मसमर्पण गरेका चारैजनालाई डिल्लीबजार कारागार चलान गरिएको छ । – कान्तिपुर दैनिकबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖