भरतपुर प्रकरण : रेणु मेयर बन्ने पक्का !, निर्वाचन आयोगले गर्यो एमालेलाई झट्का लाग्ने निर्णय

काठमाडौं । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्णय उपयुक्त भएको बताएको छ ।

काठमाडौमा राष्ट्रिय निर्वाचन पर्यवेक्षक अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले भरतपुर प्रकरणमा आयोगले गरेको निर्णय ठीक र कानून सम्मत भएको बताए ।

तर उक्त विषय सर्वोच्चमा पुगिसकेकाले अव अदालतको फैसला अनुसार नै अघि बढ्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा निर्वाचन आयोग सरकारको दबाब र राजनीतिक पूर्वाग्रहमा नचलेको प्रमुख आयुक्त यादवले बताए । आयोग कानून भित्रै रहेर आफ्नै ढंगले चलेको उनको भनाई थियो ।

प्रमुख आयुक्त यादवले स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुने प्रत्येक मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अपागं र अशक्तलाई बिशेष प्राथमिकता दिन निर्देशन दिएको जानकारी दिए ।

आयोगको यस्तो भनाईसँगै भरतपुरमा चुनाव हुने सम्भावना बढेको छ । यदि पुनः मतदान भयो भने प्रचण्डपुत्री रेणु दाहाल मेयर निर्वाचित हुने बताइन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।