नपाउनेले के पायो, मोबाइल किन्ने निर्णय लेखायो, दरिद्रता देखायो !

हामी सबैलाई थाहा भइसकेको छ, ‘काठमाडौँ महानगरपालिकाका मेयर–उपमेयरले आफ्नै लागि मोवाइल किन्ने निर्णय गरेका छन् ।’ कतिले यो निर्णय सुनेर अचम्म मान्नु भो होला । कतिलाई दुख लाग्यो होला । कतिलाई हाँसोपनि उठ्यो होला । कतिलाई रिस नै उठ्यो होला । तर अचम्म नमान्नुहोस् ! मेयरले मोबाइल किन्ने निर्णय गर्नुभन्दापनि त्यस्ता सोच भएकाहरुलाई प्रतिनिधि बनाउनु हाम्रो गल्ती भएको हो भनेर बुझ्नुपर्छ ।

बैठकको निर्णयअनुसार महानगर सदस्यका लागि ३० हजार रुपैयाँको मोवाइल सेट र एउटा सीम दिने निर्णय भएको छ । अर्थसरोकारमा खबर छ – मोवाइल खर्चका लागि मासिक २५ सय रुपैयाँ दिने निर्णय गरिएको छ । मेयरका लागि अर्कै खाले निर्णय भएको छ । मेयर र उपमेयरका हकमा खरिद र खर्चमा बिलबमोजिमको भुक्तानी हुने बताइएको छ ।

अझ अचम्म त के छ भने काठमाडौं महानगरपालिकाले मेयर र उपमेयरका लागि १५ सय बैठक भत्ता दिने निर्णय पनि गरेको छ । साथै नगर कार्यपालिकाका सदस्य र आमन्त्रित सदस्यहरुलाई १ हजार तोकिएको छ । जे मन लाग्यो त्यहि गर्ने ! अनि जनप्रतिनिधि भनेर नाक ठुलो बनाउने ! बैठकमा आउँदा १ हजार यातायात खर्च पनि दिइने भएको छ । आफ्नो दुनो सोझ्याउने यस्ता निर्णयले जनतालाई के फाइदा पुग्यो ? अहँ केहि केहि पुगेन !

त्यसैले अव उही केपी ओली स्टाइलले मनमनै सोच्ने हो, बस्ने हो, ‘नपाउनेले के पायो, मोबाइल किन्ने निर्णय लेखायो, दरिद्रता देखायो !’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।