किन यस्तो विभेद ? भविष्य बताउनेलाई एक करोड, भविष्य बनाउनेलाई खाली हात ?

शुक्रबार बसेको बैठकले प्रतिष्ठानको सवारी साधन, आवास र साधनाका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि गूगल ब्वाई नामले चिनिएका आदित्य दाहाललाइ एक करोड़ रकम दिने निर्णय गरेको छ । आदित्यलाइ सरकारले पैसा दियो भन्ने कुरामा मेरो कुनै आपत्ति छैन । तर व्भाविश्य बताउनेलाई सरकारले एक करोड दिंदा भविष्य बनाउने देशका कर्मठ हातहरुलाई सरकारले किन बिर्सियो भन्ने कुराको दुखेसो छ ।

हो, म मान्छु, आदित्यले गरेका केही ठूला भविष्यवाणी कालान्तरमा सत्य सावित भएका छन् । सुशील कोइरालापछि केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र २०७२ सालभित्रमा संविधान जारी हुने भविष्यवाणी उनले पहिल्यै गरेका थिए । तर के यहि खुसीमा सरकारले उनलाई पैसा दिएको हो ? होइन भने आदित्य जस्ता कयौं अपांगहरुलाई किन सरकारले राहतका खास प्याकेज ल्याउन सकेको छैन ?

यस अघि पनि सुशील कोइरालाको सरकारले गरेको आर्थिक सहयोगमा आदित्यलाई अमेरिकाको स्ट्याण्डफोर्ड अस्पतालमा लगेर उपचार गरिएको थियो । तर मैले बुझे र समाचारमा पढे अनुसार उनको शारीरिक स्वास्थ्यमा खासै सुधार आउन सकेन ।

उसले भनेका धेरै कुरा मिले होलान् । तर यहि नाममा के उनी सरकारी ढुकुटीको एक करोड रुपैयाँ सहयोग लागि लायक छन् ?

अब कुरा गरौँ महावीर पुनको जसले धेरैको भविष्य बनाएका छन् । तर खोइ सरकारले उनको वास्ता गरेको ? यस अघि विभिन्न सञ्चारमाध्यममा सरकारले आफुलाई आर्थिक सहयोग गर्ने भनेर थुप्रै पटक झुलाएको अभिव्यक्ति समेत दिएका थिए उनले । खोइ त सरकारको आँखा पुगेको महावीरको वीर काममा ? के देशको यस्तो सम्पत्तिलाई सहयोग गर्नु देशको दायित्व होइन र ?

केहि समयअघि विमान दुर्घटनालाई लिएर पनि उनले आफुले भनेको सरकारले नमान्दा विमान दुर्घटना बह्येको आरोप लगाएका थिए । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूले दिएका उपकरण विमनस्थलका अधिकारीले उपयोग नगर्दा विमान दुर्घटना भएको दाबी गरेका थिए । पोखरा र जोमसोम हवाई टावरका कर्मचारीको लापरबाही र निस्क्रियताका कारण तारा एयरको बिमान दुर्घटना भएको दाबी उनको थियो

पुनले आफूले हवाइ उडानका लागि सहज होस् भनेर ‘वेदर स्टेशन’ र ‘आईपी क्यामेरा’ जडान गरेर कर्मचारीहरुलाई प्रयोग गर्नसमेत सिकाएको तर, त्यसलाई उपयोग नगरिएको आरोप लगाएका थिए ।

अनि यस्तो अनि अरु धेरै महान काम गर्ने महावीरलाई सरकारले किन सहयोग गरेन वा गर्दैन ? आखिर किन ? कस्तो देश हो यो जहाँ भविष्य बताउनेलाई एक करोड र भविष्य बनाउनेलाई सुन्य रकम दिइन्छ ! – आर्थिक सरोकारबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।